• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बृहत योग शिविर शुरु

  •  अञ्जना चौधरी
  • २०८१ जेष्ठ १०, बिहीबार १६:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, जेष्ठ १० गते / गरौँ योग रहौँ निरोग, जीवन बचाऔँ संस्कारी बनौँ भन्ने मुल नाराका साथ ७ दिवसीय बृहत योग शिविर शुरु भएको छ । पतंजली , महिला र युवा पतंजली योग समिती ठाकुरबाबा नगरपालिकाको आयोजना, ठाकुरबाबा स्वास्थ्य शाखा र चुरे माध्यामिक विद्यालयको सहयोग तथा सहकार्यमा बिहिबार विहीबार १० गतेदेखि आउँदो १६ गते अर्थात बुधबार सम्म ७ दिवसीय बृहत योग विज्ञान शिविर हुने आयोजक समितीले जनाएको छ ।

    ठाकुरबाबा नगरपालिका ३ को चुरे माध्यामिक विद्यालय बगनाहमा विहान साढे ४ देखि साढे ६ बजे सम्म नि:शुल्क योग विज्ञान शिविर संचालन हुने भएको हो । मुख्य प्रशिक्षकका रुपमा पुज्या साध्वी देवकृपा रहनु हुने भएको छ । बृहत योग विज्ञान शिविरमा सम्पुर्णमा सहभागिताका लागि आग्रह गरिएको छ ।

    बृहत योग विज्ञान शिविरमा देश विदेशबाट आएका योग गुरुबाट योग तथा आयुर्वेदका माध्यमबाट शारिरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक लाभ लिन सकिनेछ । योगमा नियमित रुपमा सहभागि भई नियमित व्यायाम गरेमा शरीर स्वस्थ, सुडौल तथा सुन्दर हुने, आयुर्वेदिक डाक्टरद्वारा निः शुल्क स्वास्थ्य परिक्षण समेत गराइएको बताइएको छ ।

    यसैगरि योगमा सहभागि भई पुर्ण रुपमा योग गरेमा मुटु, फोक्सो र मस्तिष्क जस्ता रोग निकोपार्न सकिने, मोटोपन, मधुमेह, कोल्डस्टोर, कब्जियत अर्थथाईराइ जस्ता अन्य थुप्रै रोगहरु निको पार्न सकिने तथा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने समेत योग विज्ञान समितीले जनाएको छ ।

    केमिकल युक्त औषधीको विना प्रयोगबाट योग विज्ञान शिविरमा सहभागि भई नियमानुसार नियमित योग गरेमा मन शान्त, स्थिर, प्रशन्न तथा उत्साहित भई डिप्रेशन जस्ता रोगबाट बच्न सकिने भएकाले सम्पुर्णमा सहभागिताका लागि आग्रह गरिएको हो ।

    यस्तै योगबाट नै सबै शरीरका सम्पुर्ण विकार नष्ट गर्न सकिने, नकारात्मक विचार समाप्त हुने र सकारात्मक विचार, चिन्तन र उत्साहले भरिपुर्ण हुन सकिने अपेक्षा गरिएको आयोजक समितीको भनाई छ ।

    Post Views: 328
    प्रकाशित मिति: २०८१ जेष्ठ १०, बिहीबार १६:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.