बर्दिया जेष्ठ ९ । रक्तदान जीवनदान भन्ने मुल नारासहित ११ औ वृहत रक्तदान ठाकुरबाबा आधारभुत नगर अस्पताल भुरीगाउँमा सम्पन्न, भएको छ । ११ औँ वृहत रक्तदान कार्यक्रम बुधबार ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ भुरीगाउँमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा महिला १६ र पुरुष ७२ जना गरि ८८ जनाले रक्तदान गरेका छन ।

ठाकुरबाबा नगरपालिका तथा नेपाल स्वयंसेवी रत्तदाता समाज जिल्ला शाखा बर्दियाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र नेपालगंज बाँकेको प्राविधिक सहयोगमा बुधबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ठाकुरबाबा आधारभूत नगर अस्पताल भुरीगाउँमा रक्तदान कार्यक्रम संचालन भएको नगरपालिका प्रशासनले जनाएको हो ।
प्रत्येक स्वस्थ व्यक्तिले रत्तदान गर्नु सामाजिक दायित्व र कर्तव्य हो भने निःशुल्क रगत पाउनु पिडितको नैर्सगिक अधिकार हो ।
जीवन र मृत्युसंग लडिरहेका बिरामीहरुलाई नयाँ जीवन दिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा सबै भन्दा बढि रत्तदान गर्ने नेपाल स्वंयम सेवी रक्तदाता समाजकी जिल्ला शाखा बर्दियाका कोषाध्यक्ष उमा कुमारी मल्लले यस पटक गरि ३६ पटक रत्तदान गर्नुभएको नेपाल स्वंयमेवी रक्तदाता समाजका जिल्ला शाखा बर्दियाका सचिव श्यामलाल थारुले जानकारी दिनुभयो ।
विभिन्न संघसंस्थाहरुको सहआयोजना तथा सहकार्यमा बुधबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ठाकुरबाबा १ को आधारभुत नगर अस्पतालमा ११ औँ वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान जस्तो ठुलो अरु कुनै दान हुन नसक्ने भएकाले शरीरमा केहि समय पश्चात आफै नष्ट भएर जाने रत्तदान गरि पुण्य कमाउन आग्रह समेत गरिएको थियो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापति यज्ञ प्रसाद नेपाल, नेपाल स्वंयमेवी रक्तदाता समाजका जिल्ला शाखा बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल, नेपाल स्वंयमेवी रक्तदाता समाजका जिल्ला शाखा बर्दियाका सचिव श्यामलाल थारु, नेपाल स्वंयसेवी रक्तदाता समाज जिल्ला शाखा बाँकेका सल्लाहकार सदस्य तथा बरिष्ट रत्तदाता पवन जैसवाल लगायतको सहभागिता रहेको थियो । जैसवालले सबैभन्दा बढि ९९ पटक रक्तदान गरिसक्नु भएको छ ।




