बर्दिया, जेठ १० गते / बर्दियाको बाँसगढी नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।बाँसगढी नगरपालिका ४ बकुवाको जनचेतना सामुदायिक वन छेउ हुदै आफ्नो दिदी संगै दिदीको घर जाने क्रममा बाघको आक्रमणबाट ३५ बर्षिय मनीषा रोकाय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।


बाँसगढी नगरपालिका बडा नं ४ को बकुवा को दिदी कैलाशपति थारुको घरमा जाने बाटोमा सौच गर्न भनि जंगल छेउ जाने क्रममा बाघको आक्रमणबाट रोकायको मृत्यु बर्दिया प्रहरीले बताएको छ । साथै रहेको दिदी भने सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।




