• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भिसा नपाएको सन्दीपको भनाइ

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ ९, बुधबार २२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, जेठ ९ गते / क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराउनुभएको हो । 

    बलात्कार मुद्दामा गत बुधबार पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गर्नुभएको थियो । सन्दीपलाई विश्वकपमा पठाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि उहाँमाथिको निलम्बन फुकुवा गरेको थियो । 

    क्यानले आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई पठाउने तयारी गरेको थियो । सन्दीपले नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि आफूलाई त्यही गरेको फेसबुकमा लेख्नुभएको छ । उहाँले विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको भन्दै नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकसँग माफी माग्न चाहेको पनि उल्लेख गर्नुभएको छ । 

    क्यानका सदस्य दुर्गा पाठकले सन्दीपले भिसा नदिएको कुरा क्यानलाई जानकारी दिएको र क्यानले अझै भिसा प्रक्रियाका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । ‘‘सन्दीपले केही बेर अघि भिसा नपाएको जानकारी गराउनुभएको छ । उहाँ नेपाली टोलीका लागि चाहिने खेलाडी हो । आइसिसीले मे २५ तारिखसम्म टोलीका खेलाडी फेरबदल गर्न सक्ने जनाएको छ । हामी अझै सन्दीपको भिसा प्राप्तिको लागि प्रयास गर्नेछौँ,’’ पाठकले भन्नुभयो ।

    Post Views: 320
    प्रकाशित मिति: २०८१ जेष्ठ ९, बुधबार २२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.