• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयाताल गाउँपालिका आन्दोलन, आन्दोलनरत संग सहमति जुट्यो

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ ८, मंगलवार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,जेठ ८ गते / बढैयाताल गाउँपालिका र आन्दोलित पक्षबिच सहमति जुटेको छ । विगत केही दिन देखि आन्दोलित रहेको पक्ष र गाउँपालिका बिच सोमबार सहमति जुटेको हो । गाउँपालिकाका पदाधिकारी, राजनीतिक दल, भुमिअधिकार मञ्च र समाजसेवीहरुको उपस्थितीमा विभिन्न निर्णयमा सहमति जुटेको जनाईएको छ ।

    गत बैशाख २२ गते बढैयाताल गाउँपालिका–६ पुरानो हुलाकी सडक छेउ स्थित सकिना खानले बनाउँदै गरेको घरमा बढैयाताल गाउँपालिकाले बाटो बनाउने क्रममा क्षतिग्रस्त भएपछि स्थानीयहरु आन्दोलित भएको बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीले बताए । ‘पालिका र आन्दोलित पक्ष बिच सहमति जुटेको छ,’अध्यक्ष त्रिपाठीले भने,‘विभिन्न निर्णयमा सहमति जुटेको छ ।’

    घरमा क्षति पुगेकोले सकिना खानलाई पालिकाले आवश्यक सहयोग गर्ने सहमति जुटेको अध्यक्ष त्रिपाठीले जनाए । बढैयातालको निर्माणधिन प्रशासनिक भवनको अदालतमा परेको मुद्दामा पालिकाद्वारा सम्पत्ति संरक्षणको लागि सर्वदलिय निर्णय गरिएको अध्यक्ष त्रिपाठीले सुनाए ।

    त्यसैगरि पालिकामा शिक्षाका विभिन्न व्यतिथीलाई अन्त्य गर्दै आगामी बैठकमा सार्वजनिक गर्ने, बढैयाताल गाउँपालिकाका १ देखि ९ वडाभित्र सार्वजनिक बाटोको उचित मापदण्ड तयार गर्ने, सडक छेउमा रहेको सार्वजनिक जग्गाको सम्बन्धमा सर्वपक्षिय सहमति अनुसार गर्ने, सार्वजनिक सम्पत्तिको अभिलेख तयार गरि सर्वदलिय सहमति अनुसार संरक्षणको नीति निर्माण गर्ने, सार्वजनिक स्थानमा बसोबास गरेका भुमिहीन, दलित भुमिहीन तथा सुकुम्बासीहरुको उचित बैकैल्पिक व्यवस्था नभएसम्म यथा अवस्थामा रहन दिने, सार्वजनिक ठाउँमा नयाँ संरचना निर्माणमा रोक लगाउने, अतिक्रमित जग्गाको यर्थाथ विवरण तयार गरि संरक्षण र प्राप्तीको लागि पालिकाले तत्काल प्रक्रिया अघि बढाउने तथा फोहोर व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

    आन्दोलित पक्ष र बढैयाताल गाउँपालिका पक्ष साथ राजनीतिक दलका प्रतिनिधि बिचको रोहवरमा सहमति भएको नेपाली काङ्ग्रेसका नेता शम्भुप्रसाद रिजालले बताए । कार्यक्रम बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, भुमिअधिकार मञ्चका प्रतिनिधि केशबहादुर विक, नेपाली काङ्ग्रेसका नेता खडानन्द तिवारी, नेकपा एमालेका लालबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लल्लुराम थारु (शिशिर) राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक खनाल, नागरिक उन्मुक्ति पार्टीबाट जोखन थारु बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने प्रकाश केसी लगायतको उपस्थिती रहेको थियो।

    Post Views: 505
    प्रकाशित मिति: २०८१ जेष्ठ ८, मंगलवार ०८:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.