• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाल संरक्षण शिक्षा, प्रजनन स्वास्थ्य अधिकार, यौन तथा लैङ्गिक हिंसा सम्बन्धित अभिमुखिकरण

  •  रामबहादुर थारु
  • २०८१ जेष्ठ ३, बिहीबार ०६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, जेठ २ गते / ठाकुरबाबा नगरपालिकामा जेठ २ गते बुधबार बाल अधिकार संरक्षण समितिसंग आपतकालिन अवस्थामा बाल संरक्षण, शिक्षा, प्रजनन स्वास्थ्य अधिकार, यौन तथा लैङ्गिक हिंसाको मामिला व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) को समन्वय र सहकार्यमा संचालित सशक्त बालिका परियोजना अन्तर्गत बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनहामा सरोकारवालाहरुसँग अभिमुखिकरण गरिएको ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ३ का वडा सचिव केशव प्रसाद खनालले जानकारी दिनुभयो ।

    कार्यक्रममा बाल अधिकार समितिसँग बाल अधिकार, बाल अधिकार समितिका काम, कर्तव्यका बारेमा वृहत छलफल गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर साजन चौधरीले जानकारी दिनुभयो । साथ आपतकालिन अवस्थामा बाल संरक्षण, बाल श्रम निषेध, बाल विवाह न्यूनिकरण, लैङ्गिक हिंसा र लैङिगक हिंसा सम्बन्धि कानुनी व्यवस्था र बाल संरक्षणका विषयमा विस्तृत रुपमा सहभागिहरुलाई जानकारी गराइएको समेत चौधरीले बताए।

    कार्यक्रममा प्रारम्भिक बाल विकास तथा शिक्षा समामुदायिक प्रारभ्कि बाल विकास निशुल्क तथा अनिवार्य शिक्षा, सुरक्षित जन्म, गर्भ पहिचान र विभेदबाट संरक्षण, पोषण, निशुल्क स्वास्थ्य सहायता, सुरक्षित विद्यालय तथा सार्वजनिक पुर्वाधार, यौन तथा प्रजनन स्वास्थ्य सेवा लगायतको बिषयमा छलफल भएको ठाकुरबाबा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिका शाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यालयहरुमा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षलाई अनिवार्य गराई किशोर– किशोरीहरुलाई किशोरावस्था, यौन स्वस्थ्य, स्वास्थ्यकर्मीहरुलाई बालबालिको दुव्यावहार तथा हिंसा भई आएको अवस्थामा के गर्ने भन्ने बिषयमा पनि बृहत छलफल गएिको समेत आचार्यले बताए।

    कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा न ३ का वडाअध्यक्ष श्रीकृष्ण थारु, वडा सदस्यहरु, शिक्षक, स्वास्थ्यकर्मी, वडास्तरीय बाल संरक्षण समिति, बड्घर, टोल विकास संस्थाका अध्यक्ष, बुद्धिजिवीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    Post Views: 486
    प्रकाशित मिति: २०८१ जेष्ठ ३, बिहीबार ०६:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.