• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गिरीबन्धु टी-स्टेटबारे कांग्रेसले संसदमा कुरा उठाउने

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ १, मंगलवार १२:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुइटा एजेन्डालाई संसदमा उठान गर्ने भएको छ।

    पहिलो, सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय हो।

    अघिल्लो अधिवेशनदेखि नै कांग्रेसले यस विषयमा कुरा उठाउँदै आएको छ तर पनि सत्ता पक्ष संसदीय छानबिन समिति गठनमा तयार देखिएको छैन।

    कांग्रेसले मंगलबार सिंहदरबारमा गरेको संसदीय दल बैठकमा अर्को एजेन्डाले पनि प्रवेश पाएको छ। त्यो गिरीबन्धु टी-स्टेटसम्बन्धी हो।

    संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दल बैठकमा गिरीबन्धु टी-स्टेटबारे कुरा उठेको र छलफल भएको जानकारी दिए।

    ‘गिरीबन्धु टी-स्टेटसम्बन्धी कुरा संसदीय दल बैठकमा प्रवेश गरेको छ। यो विषयलाई सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर थप कुरा सार्वजनिक गर्छौं,’ लेखकले भने, ‘आज संसदीय दलमा यो विषय पनि प्रवेश गरेको छ। अर्को बैठकमा थप छलफल हुन्छ।’

    संसदीय दल बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी-स्टेटबारे पनि संसदमा कुरा उठाउनुपर्ने भएकोले सबै सांसदहरूलाई यसबारे सर्वोच्चका फैसला अध्ययन गर्न आग्रह गरेका थिए।

    केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको थियो।

     

     

    सेतोपाटी/साभार

    Post Views: 271
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार १२:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.