• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किशोरीहरुका लागि ३ दिने कला कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न

  •  रामबहादुर थारु
  • २०८१ बैशाख २९, शनिबार ०८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, वैशाख २९ गते / बर्दियाका ८ वटै स्थानिय तहका सि.व.सी., बाल क्लव तथा किशोरी क्लवका १८ जना किशोरीहरुका लागि ३ दिने कला कार्यशाला गोष्ठी कार्यक्रम बैशाख २८ गते शुक्रबार सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालको आयोजनामा सन्चालित ३ दिने कला कार्यशाला गोष्ठी सम्बन्धि कार्यक्रम ठाकुरबाबा ९ ठाकुरद्धारामा सम्पन्न भएको हो ।

    कलालाई पनि आफ्नो अभिव्यक्त गर्ने माध्यम बनाउ सकिन्छ र हामिहरुले गर्ने अभियानहरुमा कला पनि एउटा शक्तिशाली आर्टिसको रुपमा प्रयोजन गर्ने तथा समाजिक समस्याहरुलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मुख्य उदेश्य रहेको प्लान इन्टरनेश्नल नेपालकी अभियान प्रशासन लक्ष्मि चौधरीले बताए।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाकी शिक्षा शाखा प्रमुख सिता भण्डारीले हाम्रै समाजमा घटिरहेका घटनाहरुलाई चित्र मार्फत जसरी किशोरीहरुले उतारेका छन त्यसरी नै चित्र मार्फत अभिव्यक्त गरिएका कुराहरुलाई समाजमा पनि प्रर्दशन गरेर बाल विवाह, महिला हिंसा, लागुपदार्थ सेवनबाट बचाउनमा टेवा पुग्नेछ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

     

    यसैगरि मधुवन नगरपालिकाका शिक्षा सुपरिवेक्षक खगेन्द्र खनालले बाल क्लवका किशोरीले समाजमा जे जति घटेका घटनाहरु छन त्यो सबै महिलाहरुले सजिलै आफुले व्यक्त गर्न सक्दैनन, व्यक्त गर्न नसकेका बताउनुभयो । किशोरीहरुले आफुले भोगेका देखेका घटनाहरुलाई चित्र मार्फत उतारेका छन । त्यसैगरि समाजमा घट्ने अन्य घटनाहरुलाई पनि चित्र मार्फत समाजमा प्रर्दशन गर्नुको साथै आफुले सिकेका कलाहरु आ– आफ्ना साथीहरुलाई सिकाउनु पर्ने खनालले बताउनुभयो ।

    कार्यक्रममा सहभागि गुलरिया नगरपालिकाकी किशोरी उमा थारुले समाजमा रहेको लैङ्गिक हिंसा, बाल विवाह, लागु पदार्थ दुव्र्यशन, महिला हिंसा, रेपकेस, बाढीपहिरो जस्तो सामाजिक समस्याहरुलाई चित्रको माध्यामबाट प्रस्तुत गरि समाधान गर्न सकिने बताए । अर्की सहभागी बारबर्दिया नगरपालिकाकी किशोरी सिर्जना सुनारले चित्रका माध्यमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो ।

    कला कार्यशाला मेमोरियल चटटट र कार्यक्रममा ठाकुरबाबा नगरपालिका शिक्षा शाखा प्रमुख सिता भण्डारी, शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारी, नवराज ढुङ्गाना, मधुवन नगरपालिका शिक्षा सुपरिवेक्षक खगेन्द्र खनाल, प्लान इन्टरनेश्नल नेपाल बर्दिया जिल्लाका फेकल प्रशन बिमल गैरे लगायतको सहभागिता रहेको थियो ।

    Post Views: 330
    प्रकाशित मिति: २०८१ बैशाख २९, शनिबार ०८:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.