• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजस्व छली आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख २६, बुधबार १८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजस्व छली गरेको आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन्।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी र ठमेलबाट दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

    प्रहरीले जियाङ सु होटल एण्ड रेष्टुरेन्ट प्रालिका संचालक चिनियाँ नागरिक याओ लियाङलिन र ठमेलको होटल छेन्दु प्रालिबाट दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिपेन्द्र महोत्तरी घर भई चाँगुनारायण नगरपालिका-१ बस्छन्।

    सिआइबीको टोलीले सोमबार अवैध रूपमा चिनियाँ मुद्रा भित्र्याएर भन्सार तथा राजस्व छली गरेको भन्ने सूचना पाएको थियो।

    उक्त सूचनापछि सिआइबीको टोली लियाङलिनको होटलमा पुगेको थियो। जहाँ प्रहरीले ३७ लाख ८१ हजार ३५० रुपैयाँ, १२ हजार भारतीय रुपैयाँ, दुई हजार थाई भाट, ५३० अमेरिकी डलर, ३०० युरो डलर, ३२ हजार ७० चिनियाँ युआन बरामद गरेको थियो।

    त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरी दिपेन्द्र रहेको होटलमा पुगेको थियो।

    दिपेन्द्रबाट पनि प्रहरीले ९ लाख रुपैयाँ बरामद गरेको एसपी बोगटीले बताए।

    यस घटनाको थप अनुसन्धान गर्न सिआइबीले उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाएको छ।

     

     

    सेतोपाटी/साभार

    Post Views: 270
    प्रकाशित मिति: २०८१ बैशाख २६, बुधबार १८:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.