बर्दिया, बैशाख २६ गते / श्रीराम नगर उपभोक्ता समितिको कार्यसमितिको पुनर्गठन कार्य आज एक कार्यक्रम बिच सम्पन्न भएको छ । आज बैसाख २६ गते बुधबार समितिको पुनर्गठनमा जनार्दन योगी पुन अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक निमराज खनालले जानकारी दिए।
यसै गरि श्रीराम नगर उपभोक्ता समितिको अध्यक्षमा जनार्दन योगी साथै उपाध्यक्षमा हरिराम थारु, सचिवमा विष्णु शाहि र कोषाध्यक्षमा कौशिला रेग्मि आचार्य सर्वसम्वत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक खनालले बताए।
समितिको सदस्यहरुमा नन्दराम तिमिल्सिना, सन्तराम थारु, तारा बयक, टेक बहादुर दुब्राकोटी, सीता थारु, थानेश्वर शर्मा,उदयराज चौधरी, राजकुमारी चौधरी, प्रेममोती थारुसर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक खनालले जानकारी दिनुभयो ।




