• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चार वर्षमा तीनपटक फुट्यो जसपा

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख २४, सोमबार ०७:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) गठन फेरि विभाजित भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वदेशमा नभएका बेला जसपा नेपाल विभाजित भएको हो। यादव फर्किनुभन्दा एक दिनअघि मात्र जसपा नेपाल विभाजनको सिकार बनेको हो।

    २०७७ वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा नेपाल बनेको थियो। तत्कालीन समाजवादी पार्टीलाई विभाजनबाट रोक्न हतारहतार नयाँ पार्टी गठन गरिएको थियो।

    त्यतिबेला मध्यरातमा दुई पार्टीबीच एकीकरण नभएको भए समाजवादी पार्टी विभाजन हुने निश्चित थियो। फुटबाट जोगाउन हतारहतार एकीकरण गरेर बनाइएको नयाँ पार्टी पनि पटकपटक फुट्दै आएको छ।

    २०७८ भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। त्यसको एक वर्षपछि २०७९ सालमा डा. बाबुराम भट्टराई, महिन्द्र यादवलगायत नेताहरू जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए।

    यतिबेला अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतोलगायत नेताहरूले जसपा नेपाल विभाजन गरी नया“ पार्टी गठनको घोषणा गरेका छन्।

    २०७८ भदौ ३० गते जारी भएको राजनीतिक दलसम्बन्धी नियमावलीमा टेकेर नयाँ दल दर्ता गराएको राजेन्द्र श्रेष्ठले बताए। उनका अनुसार नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) हुनेछ। यसमा नेपाल शब्द हटाइएको छ। ‘हामीले कानुनअनुसार नै नयाँ दल दर्ताका लागि निवेदन दिएका छौं,’ श्रेष्ठले भने, ‘पुरानो पार्टी जसपा नेपाललाई विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएका हौं।’

    अशोक राई, इस्तियाक राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतोलगायत नेताहरू आइतबार दिउँसो नयाँ दल दर्ताका लागि निवेदन लिएर आइतबार साँझ निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

    ‘हामीले सबै नियम र प्रक्रिया पूरा गरेर निवेदन दिएका छौं,’ श्रेष्ठले भने, ‘हामीले दिएको निवेदनले आधिकारिकता पाउनेछ।’ निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दल दर्ताबारे आयोगमा निवेदन परेको विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए ।

    अध्यक्ष उपेन्द्र यादवको हैकमवादी प्रवृत्तिविरुद्ध आफूहरूले विद्रोह गरेर नयाँ पार्टी खोलेको इस्तियाक राईले बताए। ‘उपेन्द्र यादवज्यूको हैकमवादी प्रवृत्ति, अलोकतान्त्रिक विधि तथा एकलौटी ढंगबाट पार्टी चलाउन खोज्ने प्रवृत्तिका कारण हामीले पार्टी विभाजन गरेका हौं,’ उनले भने।

    जसपाका १२ सांसदमध्ये सातजना आफूसँगै रहेको उनको भनाइ छ। उनका अनुसार नयाँ दलको पक्षमा सात सांसद अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशोशार शाह सुडी छन्। जसपाका अर्का सांसद दीपक कार्कीलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उपेन्द्र यादवको पक्षमा राजकिशोर यादव, रेखा यादव र प्रकाश अधिकारी छन्।

    उपेन्द्रका लागि पार्टी फुट्नु र जुट्नु नयाँ घटना भने होइन। उनको जीवनमा पटकपटक पार्टी फुटेका छन् कैयौंपटक एकीकरण पनि भएका छन्। २०५४ सालमा मधेसी जन अधिकार फोरम गठन भएको थियो। त्यतिबेला फोरम पार्टीका रूपमा भने गठन भएको थिएन। फोरम दर्ता हुँदा संस्थाका रूपमा थियो। २०६३ सालमा निर्वाचन आयोगमा दर्ता भएपछि फोरमले पार्टीको मान्यता पाएको थियो।

    २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन फोरम संविधानसभामा ५२ सिट ल्याएर चौथो ठुलो पार्टी बनेको थियो। त्यसपछि फोरम फुट्ने र जुट्ने क्रम निरन्तर चलिरह्यो।

    पहिलो पटक फोरमलाई विजय गच्छेदार, शरतसिंह भण्डारीलगायत नेताहरूले फुटाए। त्यसपछि राजकिशोर यादवले फुटाए। फोरमलाई जतिपटक फुटाए पनि उपेन्द्रले अर्को नयाँ पार्टीसँग एकीकरण गर्ने र पार्टीको नाम फेर्ने गरे। यस अवधिमा उनले डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टी, अशोक राईले नेतृत्वको तत्कालीन संघीय समाजवादीलगायत पार्टीसँग पार्टी एकीकरण गरे। तर अध्यक्ष पद भने उनले कहिल्यै छाडेनन्। बाबुराम भट्टराईसँग एकीकरण गरेपछि उनी दोस्रो अध्यक्ष भए। तर कार्यकारी अध्यक्ष पद भने आफैले राखे र भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाए।

    नयाँ पार्टीका रूपमा जसपा दर्ता गराएका नेताहरूले पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने र सरकार नछाड्ने प्रस्ट पारेका छन्। ‘सरकारलाई दिएको समर्थन हामी कायमै राख्छौं। सरकार पनि छाड्दैनौं,’ वर्तमान सरकारमा वनमन्त्री रहेका नवलकिशोर साहले भने, ‘हामी स्थिर सरकारको पक्षमा छौं।’

    नयाँ पार्टीका अर्का एक नेताले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकार ढाल्ने पक्षमा रहे पनि आफूहरू टिकाउने पक्षमा रहेको बताए।

    यसैबीच उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपालका नेताहरूले भने पार्टी नफुटेको दाबी गरेका छन्। जसपा नेपालका प्रवक्ता मनीष सुमनले पार्टी नफुटेको दाबी गरेका हुन्। उनले भने, ‘पार्टी फुटेको छैन। हाम्रा केही साथी पार्टीबाट चोइटिनुभएको हो।’

    नयाँ पार्टी ३० सदस्यीय हुने आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको नयाँ पार्टी ३० सदस्यीय हुने भएको छ। जसमा दुई अध्यक्ष रहनेछन्। पहिलो नम्बरमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र दोस्रो नम्बरमा केन्द्रीय समिति अध्यक्षमा अशोक राई हुनेछन्। सहअध्यक्षमा रेणु यादव हुनेछिन्।

    उपाध्यक्ष चार जना छन्। जसमा नवलकोशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ छन्। महासचिवमा इस्तिायक राई र उपमहासचिवमा प्रदीप राई छन्। सचिवमा दीपक कार्की र रञ्जु ठाकुर रहनेछन्। कोषाध्यक्षको जिम्मेवारीमा वीरेन्द्र महतो हुनेछन्। आइतबार साँझ नै पार्टी अध्यक्ष अशोक राईको अध्यक्षतामा नयाँ पार्टीको बैठकसमेत बसेको जनाइएको छ ।

     

     

     

    नागरिक न्युज/साभार

    Post Views: 380
    प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार ०७:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.