मैनापोखर, बैशाख १२ गते / बर्दिया प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटेको नेपाल प्रहरीको टोलि बैसाख ११ गते राति नियमित गस्तीका क्रममा बढैयाताल गाउँपालिका बडा नं ७ को ताँतिगाउँ नजिक नुकेर बसेको अवस्थामा २ ग्राम ४ सय ६० मिलिग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। पक्राउ परेकाहरु मधुवन नगरपालिका बडा नं ९ का ३० बर्षिय ईश्वर नेपाली र मनोज सुनार रहेको समेत प्रहरीले बताएको छ। पक्राउ परेकाहरु हाल ईलाका प्रहरी कार्यालय मैनापोखर राखेर थप अनुसन्धान भईरहेको समेत प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए।





