• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तीन दिने क्षमताअभिबृद्धि तालिम सम्पन्न

  •  गोविन्द प्रसाद लामिछाने
  • २०८१ बैशाख ६, बिहीबार ०७:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, बैशाख ४ गते / बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तीन दिने क्षमताअभिबृद्धि तालिम सम्पन्न भएको छ।

    शसक्त बालिका परियोजना अन्र्तगत बर्दियाको गुलरिया, राजापुर, बारबर्दिया, ठाकुरबाबा र बढैयाताल पालिकाका १२ वटा बिद्यालयका प्रधानाध्यापक तथा लैगिंक समानता तथा सामाजिक समावेशकिरण सम्पर्क शिक्षक गरी २७ जना शिक्षकहरुको सहभागितामा तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि ३ दिने तालिम बैशाख ४ गते मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

    तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि बिद्यार्थीको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिधार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुगोस साथै बिद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्य रहेको प्लान ईन्टरनेशनल नेपालका शिक्षा सल्लाहाकार बेद प्रसाद डाँगीले जानकारी दिनुभयो।

     

    तालिमका सहभागि साबित्रा आर्चायले कार्यक्रम बारेमा जानकारी दिदै भनिन तालिम अतिनै उपलब्धिमुलक, समय सान्र्धभिक, लैगिंक अवधाराणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाई उपलब्धीमा सहयोग पुग्ने र यो तालिम सबै बिधालयका सबै शिक्षकहरुलाई उपलब्ध गराउनु पर्नेमा जोड दिदै यस शसक्त बालिका परियोजनाले बिधालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृव्व विकास र अध्यान रुचमि सहयोग पुगिरहेको यसको निरन्तरता र थप सहयोगको अपेक्षा रहेको उनले बताए।

    तालिम समापन कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं. ८ का अध्यक्ष टेक बहादुर बडुवाल ले बिद्यालयमा बिधार्थीहरुलाई नैतिक शिक्षा र जिम्मेवारी बोध गर्ने खालको शिक्षामा जोड दिनु पर्ने बताए ।

    कार्यक्रममा बाँके युनेस्को क्लवका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत इृश्वर बि.क. र राधा कृष्ण थारु जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत सिमा वली, सञ्जय चौधरी, अनुगमन तथा मुल्याकंन अधिकृत जनक थापा, फिल्ड सुपरभाईजर रीता अर्याल र नग्मा मनिहारको समेत उपस्थिती रहेको थियो ।

     

    Post Views: 348
    प्रकाशित मिति: २०८१ बैशाख ६, बिहीबार ०७:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.