• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सहकारीले उत्पादनमा मात्र लगानी गरे सहकारी सबल हुने छ – काशीनाथ दाहाल

  •  दिनेश ठाकुर
  • २०८० चैत्र २१, बुधबार ०६:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भुरिगाउ, चैत २१ गते( माउण्टेनसमाचार) / सहकारीले उत्पादनमा मात्र लगानी गरे सहकारी सबल हुने राष्ट्रिय सहकारी व्यवस्थापन समितिका केन्द्रका अध्यक्ष एवं संविधान विज्ञ काशीनाथ दाहाल बताएका छन।

    चैत २० गते बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरिगाउँमा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा ठाकुरबाबा सहकारी सञ्जाल द्वारा आयोजित वृहत उत्प्रेरणामूलक कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन । केहि सहकारी उद्देश्य अनुसार नचल्दा हाल केहि सहकारीमा समस्या देखिएको समेत उनले बताए। हाल बर्दियाका सहकारीमा १ लाख ८६ हजार बचत कर्ता रहेका र देशभरिमा सहकारीमा करिब ७४ लाख बचत कर्ता रहेको दाहालले जानकारी दिए। उनले भने सहकारी रोजगारीको सम्भावना समेत रहेकोले देशभरिका करिब ३४ सहकारीमा करिब १ लाखले रोजगारको सृजना गरेकोले सहकारी देशको अर्थतन्त्रमा सहकारीले ठुलो टेवा दिएको समेत बताए। सहकारीको बचत उत्पादकत्वमा मात्र लगानी गर्न उनले सुझाव दिए।

    किसानले मकै उत्पादन गरेर मकै पोलेर खुन पसिना गरेर जम्मा गरेको बचत रकम सहकारी मालिकहरुले करोडौको प्राडो गाडि चढेर हिडेकोले अब यस्ता किसिमका सहकारीको कडाइ रुपमा अनुगमन गर्ने ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलक लम्सालले बताए। सहकारी धरासायी हुनुमा एकाघर परिवारको वर्चस्व रहने प्रमुख कारक रहेको साथै सहकारीको व्यवस्थापन समिति, संचालक समिती र कर्जा समितिमा एकाघर परिवार कै वर्चस्व रहेर गलत गरेको देखिए अनुगमन गरेर कानुनी दायरामा ल्याउन पहल गरिने समेत लम्सालले भने ।

    सहकारीमा भएका विक्रिती र विसङ्गतिको पहिचान गरि हामी सम्पूर्ण सहकारी एकत्रित भृई समाधानमा अब एकवद्ध भएर लाग्नु पर्ने आयोजक ठाकुरबाबा सहकारी सञ्जाल भुरिगाउँका प्रमुख नवराज न्यौपानेले बताए। भुरिगाउ बजारदेखि र्याली सहित कार्यक्रम स्थल सिंहबाहिनी मैदान आएर सुरुवात गरिएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका उपप्रमुख बिना भट्टराई, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गाना, यज्ञ नेपाल लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा विभिन्न विधामा सम्मान समेत गरिएको थियो। सम्मानित हुनेमा उत्कृष्ट सहकारी अभियन्तामा विश्वासिलो साकोस सहकारीका देशु थारु सम्मानित भएका थिए भने उत्कृष्ट कर्मचारीमा प्रगती साकोसका धन बहादुर रत्गैया र उत्कृष्ट सहकारीमा किसान कल्याण कमैया साकोसले प्राप्त गरेर सम्मानित भएको थियो।

    Post Views: 369
    प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार ०६:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.