गुलरिया, चैत १४ गते / “दलितका लागि दलित” नामक अभियानको चैत १३ गते मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले बर्दियाको सदरमुकाम गुलरियामा आयोजित दलित अगुवा तथा सरोकारवालाहरु संगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै खगेन्द्र सुनारले दलित समुदायले भोग्दै आइरहेका समस्या र विभेदका बारेमा चर्चा गर्दै दलित समुदायको उत्थानका लागि के कस्ता कदमहरु चालिन आवस्यक रहेको यस विषयमा अब जोडतोडका माग उठाउनु पर्ने समय आएको उनले बताए।
मंगलबार आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाभरिका दलित अगुवाहरु तथा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको एक सहभागी नैन सुनारले जानकारी दिए।
साथै कार्यक्रममा आगामी बैशाख १५ गते बाँकेको कोहलपुर चौराहामा हुन गइरहेको वृहत दलित सभालाई कसरी भव्यताका साथ सफल बनाउने भन्ने बारेमा पनि चर्चा गरिएको समेत नैन सुनारले बताए।




