• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वास्थ्य स्वंयमसेविका स्वास्थ्य सम्बन्धित जागरण अभियान गर्दै

  •  मुरली गोडिया
  • २०८० चैत्र १४, बुधबार १०:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत १४ गते / हामीले साना साना कुरामा ख्यान नगर्नाले विभिन्न प्रकारका रोगको सिकार भइरहेका हुन्छौं । हामी आफ्नो सहित हाम्रा बालबालिकाहरुको स्वास्थ्य, खानेपानी तथा स्वाच्छता बारे अनविज्ञताले समेत समास्या झेली रहेका हुन्छौं । ग्रामिण भेगहरुमा खानेपानी, सरसफाई, स्वाच्छता तथा खानपिन बारे ज्ञान नहुँदा बालबालिकाहरु कुपोषणको सिकार समेत हुने गरेको, झाडापाखाला, पानी जन्य रोगहरु समेत लाग्ने गर्दछन । बर्दियाको राजापुर नगरपालिकामा महिला स्वास्थ्य स्वंयम सेविकाहरुले गाँउ गाँउमा खानेपानी, सरसफाइ र स्वच्छता बारे जागरण गर्दै आएका छन । घर घरमा पुगी महिला स्वास्थ्य स्वंयसेविकाहरुले प्राकृतिक विपद एवं आपातकालीन अवस्थामा आम नागरिकले सरसफाईमा अपनाउनु पर्ने सावधानी तथा गर्न नहुने बानी व्यवहोरा बारे घरमै पुगी सचेतना पु¥याउने अभियान झै गरेका छन । कुनै पनि विपद एवं आपातकालीन अवस्थामा हेलचेक्राइँ गर्न नहुने बारे उनिहरुले सम्झाउने, बुझाउने गर्ने गरेका छन ।

    प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले दिएको तालिम लिएर घरघरमा विपद एवं आपातकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छता बारे जानकारी गराउने गरेका छन । महिला स्वाथ्य स्वयंम सेविकाहरुको क्षमता बिकास गर्नका लागी राधाकृष्ण थारु जनसेवा केन्द्रले अग्रसरता समेत देखाएको छ । आपातकालीन अवस्थामा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी बिषयमा केन्द्रित रहेर स्वयंम सेविकाहरु सगं व्यापक छलफल चलाइए पछि उनिहरु गाँउगाँउमा सचेतना फैलाउँदै आएका छन । पछिल्लो समयमा चर्पीको प्रयोग सबैले गरेको भए तापनी चर्पीको फोहोर सहि तरिकाले व्यवस्थापन नभएको र सोही फोहोर पानीमा मिसिएर टाइफाइड लगायतका समस्या देखिने गरेको, चर्पी प्रयोग गरेपछि साबुन पानीले २० सेकेन्ड सम्म मिचि मिचि हात धुनुपर्छ जस्ता समान्य तर अन्त्यन्तै महत्वपुर्ण विषय बारे स्वंयस सेविकाहरुले समुदाय स्तरमा जागरुकता ल्याउने सक्रियाता देखाएका हुन । सरसफाइको बारेमा नया एवं फरक बिचारहरु बुझ्ने मौका पाएका स्वांय सेविकाहरुले समुदायमा समेत यसको सकारात्मक प्रभाव परेको स्थानिय महिला सन्जु थारुले बताइन् ।

    गाँउगाँउमा सरसफाई बारे केही ज्ञान भएका भएपनि नागरिकहरुले हेलचेक्राइ गर्ने गरेको बताइन्छ । साना साना गल्तीले भोली गएर ठुलो समास्या निम्तिन सक्ने भएको हुँदा खानेपानी, सरसफाइ र स्वच्छता बारे चासो लिइ व्यवहारमा लागु गर्नुपर्ने महिला स्वास्थ्य स्वायंसेविकाहरुको जोड छ । बालबालिकालाई विशेष गरि सरसफाईमा ध्यान दिने, घरपरिवारका व्यक्तिहरुबाट बालबालिकाले सवै कुरा सिक्ने भएकोले अभिभावकहरु विशेष गरि चनाखो हुनुपर्ने, भोली स्वच्छ र स्वस्थ्य व्यक्ति बन्न आजै बाट सरसफाइ र स्वच्छताको विषयमा ख्याल गरि लागु गर्नुपर्ने महिला स्वास्थ्य स्वायंसेविकाह रु बताउँछन ।

    व्यक्तिगत सरसफाइ, खानेपानी सरसफाई लगायतका कुरामा व्यवहार परिवर्तन गरी समाज परिवर्तन गर्न सिकाइएको महिला स्वास्थ्य स्वंयसेविका उषा चौधरीले बताइन । महिला स्वास्थ्य स्वंयसेविकाहरु प्रत्येक गाँउमा हुने र उनिहरु घरघरमा पुगी सचेतना पु¥याउने महत्वपुर्ण भुमिका खेल्ने गरेको चौधरीले सुनाइन । राधाकृष्ण थारु जनसेवा केन्द्रले आर्थिक क्षेत्र, समाजिक, बाताबरण, बालबालिकाको पोषण, अभिभावक शिक्षा लगायत थुप्रै क्षेत्रमा विशेष कार्यक्रमहरु गर्दै आइरहेको छ । परियोजनाले बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ तथा गाउँ गाँउमा स्वास्थ्य सरसफाई बारेको महत्व लगायत विषयमा ग्रामिण क्षेत्रमा सहजीकरण गर्दै आएको शसक्त बालिका परियोजनाका संयोजक मनोज पौडेलले प्रष्ट्याए । शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी कार्य गर्दै आइरहेको परियोजनाका संयोजक पौडेलले जानकारी दिए । यो परियोजना जुन २०२५ सम्म संचालनमा रहने जनाइएको छ ।

    Post Views: 288
    प्रकाशित मिति: २०८० चैत्र १४, बुधबार १०:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.