• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रेस युनियन बर्दियाको आयोजनामा होली मिलन कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १३, मंगलवार ०५:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत १३ (माउण्टेनसमाचार) / नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाको आयोजनामा गुलरियामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । गुलरियाको राधाकृष्ण चोकमा सोमबार होलिको दिन पारेर होली मिलन कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा उपस्थित सबैले एक अर्कालाई अबिर लगाएर शुभकामना साटासाट गरेका छन् । सधैं काममा व्यस्त रहने पत्रकार पनि उक्त कार्यक्रममा शुभकामना साटासाट गरेका छन् ।

    होली मिलन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद संजय कुमार गौतमलगायत अन्य नेता, पत्रकार तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

    होली पर्वको अवसरमा आयोजित होली मिलन कार्यक्रमले बोल्दै संघिय सांसद संजय कुमार गौतमले भने असत्य माथी सत्य को विजयी भएको दिन र एकता, भाईचारा, सद्भाव, प्रेम, सौहार्द र आत्मियता को पर्वको सबैमा शुभकामना दिए ।

    पत्रकार, राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधिलगायत सर्वसाधारणलाई एक ठाउँमा उपस्थित गराएर होली मिलन कार्यक्रम गरेको नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठले बताए । ‘लामो समय देखि भेटघाट नभएका साथी भाईलाई यस कार्यक्रममा भेट गराएको छ’अध्यक्ष श्रेष्ठले भने,‘प्रत्यक्ष भेटघाट र शुभकामना साटासाटले थप उर्जा थपिने छ ।’

    कार्यक्रममा नेपाल प्रेस युनियन बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल, ज्योति पन्थी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेघराज सिग्देल र प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञ सापकोटा, नेपाल निजामति कर्मचारी युनियन बर्दियाका अध्यक्ष द्रोणराज शर्मा, नेपाल शिक्षक संघ गुलरिया नगर कार्यसमितिका सभापति मदन सिग्देल साथ निर्माण व्यवसायी महासंघ बर्दियाका सचिव जगदीश अधिकारी समेतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दियाका सभापति अरुण प्रकाशसिंह राठौर, महासमिति सदस्य विजय दत्त देवकोटा, रामचन्द्र थापा र भिमलाल विक, नेपाली काङ्ग्रेसका नेता शम्भुप्रसाद रिजाल उपस्थितीका साथ मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, गुलरिया नगरपालिकाका निवर्तमान उपप्रमुख सुशीला गिरीका साथ विभिन्न पालिकाका जनप्रतिनिधि लगायत को सहभागीता रहेको थियो ।

    Post Views: 209
    प्रकाशित मिति: २०८० चैत्र १३, मंगलवार ०५:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.