बर्दिया, चैत ८ गते / बर्दियाको बाँसगढी नगरपालिका बडा नं ४ का बडा अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन।

एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा चैत ७ गते बडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला पक्राउ परेको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले जानकारी दिनु भयो।
बास्तोला विरुद्ध जवरजस्ती करणी मुद्दा ईलाका प्रहरी कार्यालय मोतिपुरमा दर्ता भए संगै बडा अध्यक्ष समेत रहेका बास्तोलालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको निरिक्षक बोहोराले बताए ।




