• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सन्तानको पालनपोषणमा बुवाकै प्रमुख जिम्मेवारी रहन्छ:- मुकेश थारु

  •  मुरली गोडिया
  • २०८० चैत्र ७, बुधबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत ७ गते / बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ५ बनघुस्री गाँउका मुकेश थारु ले आफनो २ वर्षिय छोरालाई हुर्काउन निक्कै समय दिने गरेको अनुभव सुनाए । बच्चालाई आवश्यक खानेकुरा घरमा तयार गरेर खान दिन्छन ।

    उनि भन्छन बाहिरको खाना बच्चालाई दिन हुन्न भन्ने कुराको ज्ञान मलाई तेती बेला भो जब परियोजनाको सहयोगमा निर्माण गरेको समुहमा गएर बुझ्न थालें । घरमा छोराछोरीलाई हुर्काउन श्रीमति वा महिलाको मात्र भुमिका हुन्छ भन्ने सोचको विरोधी रहेका मुकेश आफनो भुमिका आफै बुझेका छन । मुकेशले यसको श्रेय दिन्छन “बालिका शसक्त परियोजना” लाई। प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र द्धारा संचालित बालिका शसक्त परियोजना गाँउमै पुगेपछि बालबालिकाको शारिरिक, मानसिक विकाससंग लक्षित कार्यक्रममा श्रीमति संगै सहभागी भएका मुकेश बच्चालाई हुर्काउन उसको आमा मात्र नभई बाबाको पनि उत्तिकै जिम्मेवारी हुने गरेको कुरा थाहा पाएका हुन् ।

    छोरालाई सानै देखि स्याहार सुसारमा आफु नजिक देखी लागेको उनि सुनाउँछन । उनि खुशी हुँदै हसिलो मुद्रामा भने । यति मात्र होइन “बच्चालाई कसरी सर्वाङ्गिन विकास गर्न सकिन्छ भन्ने सवैथोक थाहा पाएँ । गाँउमा गर्भवति महिलालाई घर देखी अस्पतालमा बच्चा नजन्मदा सम्मका सवै प्रकारका चेकजाँच लगायत विषयमा समेत मैले जानकारी पाएको छु । “स्वास्थ्य चेकजाँच, पोषिलो खानपिन, सरसफाई बारे सचेतना फैलाउने कार्य घर देखी समाजका अन्य साथी भाईलाई समेत गरेको छु, जसका कारण गाँउले मलाई सकारात्मक दृष्टिले समेत हेर्ने गरेको उनि बताउँछन । मुकेशले भने प्रारम्भिक बाल विकास बारे धेरै जानकारी छ । बालबालिकाको सामुन्नेमा कुन शब्दको प्रयोग गर्ने देखी लिएर अन्य मानिस संग कस्तो व्यवहार गर्न लगाउने सम्मको सवै कुरा छोरालाई बुझाउने गरेको छु । एक गैरसरकारी संस्थामा समेत आबद्धता जनाउने २९ वर्षिय मुकेश, श्रमति अन्य काममा व्यस्त रहँदा छोराको दिसा सफा गर्ने, लुगा फेर्ने, नुहाई दिने लगायतको काम मैले आफै गर्ने गरेको अनुभव सुनाए ।

    मुकेशका अनुसार परियोजनाले उहाँलाई थप जिम्मेवार बुवा बनाएको बताउँछन । बालबालिकालाई असल स्याहार र पोषणमा कसरी ध्यान दिने विषयमा जानकारी पाए । सिकेको कुराहरु व्यवहारमा लागु गर्दै छु । आज छोराको स्वास्थ्य अवस्था र गर्ने व्यवहार हेरेर घरका अन्य सदस्य समेत खुशी छन् मुकेशले मन्द मुस्कान सहित भने । श्रीमतीलाई गाँउमा कुनै पनि कार्यक्रममा जान दिने र आफु पनि जाने गरेको उनिले बताए । बच्चा जन्मनु भन्दा पहिले आर्थिक जोहो गर्नु पर्छ, औषधी उपचार वा बच्चा जन्मने बेलामा पैसाको आवश्यकता पर्छ भनेर परियोजनाले सिकाएको हुनाले आफुले सोही अनुसार गरेको उनि भन्छन, परियोजनाको सिकाईले मेरो बच्चा प्रतिको स्नेह र जिम्मेवारी दुवै वढाएको छ ।

     

    संस्थाले आर्थिक क्षेत्रमा तथा अन्य ग्रामिण भेगका पुरुषहरु तथा महिलालाई समेत आफनो बच्चाको स्याहारमा उत्तरदायी बनाउन आवश्यक रहेको बताउँछन । उनि भन्छिन “बच्चा जन्मे दखी ८ वर्ष सम्मको अवधीमा पालन पोषण कसरी गर्ने ? भन्ने कुराहरु सवै सिकेको छु । यसरी म गाँउमा एक नमुना बुवाको उपाधी पाए झै अनुभुति भएको मुकेशले सुनाए । परियोजनाले बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा ग्रामिण क्षेत्रमा सहजीकरण गर्दै आएको बालिका शसक्त परियोजनाका संयोजक मनोज पौडेलले प्रष्ट्याए । शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी बालबालिकाको प्रारम्भिक अवस्था देखी उनिहरुको सर्वाङ्गिन विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको परियोजनाका छ। यो परियोजना जुन २०२५ सम्म संचालनमा रहने जनाइएको छ ।

    Post Views: 295
    प्रकाशित मिति: २०८० चैत्र ७, बुधबार ०७:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.