बर्दिया,चैत ४ (माउण्टेनसमाचार)/ बर्दियामा तीन दिन देखि लगातार प्रहरीले अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–११ स्थितबाट गत शुक्रबार रु ९ हजार ७ सय ४० बराबरको विभिन्न सामान बरामद गरेको थियो ।
सोही टोलीले सोही क्षेत्रबाट मुल्य रु ३१ हजार ७ सय बराबर विभिन्न सामान बरामद गरेको थियो । त्यसैगरि राजापुर नगरपालिका–७ भालुफाँटा स्थितबाट प्रहरीले मुल्य रु ३१ हजार २५ बराबरको विभिन्न सामान बरामद गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले विभिन्न स्थानबाट अबैध सामान बरामद गरि कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।




