• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वन डढैलो सचेतना सप्ताह २०८० को अवसरमा गुलरियामा र्याली

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र ४, आईतवार १०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत ४ गते (माउण्टेनसमाचार) / बर्दिया जिल्लामा सप्ताहव्यापी वन डढेलो रोकथाम तथा नियन्त्रण सप्‍ताहमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। “वन डढेलो रोकथाममा सबैको सरोकार, स्वच्छ वातावरणमा बाच्ने हाम्रो अधिकार” भन्ने मुल नाराका साथ चैत १ गते देखि चैत ७ गते सम्म विभिन्न कार्यक्रमहरु गरि मनाउने क्रममा चैत ४ गते आज बर्दियाको सदरमुकाम गुलरियामा डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा र्‍याली निकालिएको छ।

    र्यालीमा वन डढेलो नियन्त्रण दिवसलाई मध्यनजर गर्दै वनमा आगलागी हुदा नियन्त्रण गर्ने तरिका समेत प्रस्तुत गरिएको थियो। आगलागी भएमा आगलागीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे डिभिजन वन कार्यालय बर्दियाका वनरक्षक र त्यसैगरी सशस्त्र प्रहरीहरूले वन डढेलो नियन्त्रणका लागि डेमो प्रस्तुत गरेर देखाएका थिए ।

    गुलरियाको राधाकृष्ण चोकबाट सुरु भएको प्रभात फेरी कार्यक्रम बजारका विभिन्न स्थानहरूको परिक्रमा गर्दै पुन राधाकृष्ण चोकमा पुगेर समापन भएको थियो।

    वनमा डढेलो लाग्न नदिन विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गर्ने र लागेको डढेलो नियन्त्रण गर्न सबै स्थानीय सजग हुनुपर्ने डिभिजन वन कार्यालय बर्दियाका वन डिभिजनल अधिकृत प्रमुख प्रविण बिडारीले बताउनुभयो ।

    कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि एवं उपभोक्ताहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल त्यसैगरी नेपाल प्रहरीका प्रहरी उपरीक्षक सहितको उपस्थिति समेत रहेको थियो।

    Post Views: 250
    प्रकाशित मिति: २०८० चैत्र ४, आईतवार १०:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.