• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भगत नेपाली आक्रमण प्रयास प्रकरण, भुतले तर्साएर घटना घटेको हुन सक्ने भन्दै प्रहरी पन्छिन खोजेको नेपालीको आरोप

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ३०, बुधबार १४:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,फागुन ३० गते (माउण्टेनसमाचार) / केही दिन देखि बर्दिया जिल्लामा अनैतिक तथा अपराधिक घटना बढेका छन् । दिन र रातमा समेत चोरीका घटना, कर्मचारीलाई कालोमोसो दलेर दुव्र्यवहार गर्ने र काम विशेषले हिडेका व्यक्तिमाथि आक्रमण गर्न खोज्ने गतिविधि भईरहेको छ । पछिल्लो समयमा बर्दिया जिल्लाको शान्ति सुरक्षा व्यवस्था कमजोर भएर पो हो कि यस्ता किसीमको घटना घटिरहेको हुन सक्ने सर्वसाधारणहरुको बुझाई रहेको छ ।

    गते २४ गते क्याम्पस पढाउन जाने क्रममा माक्स लगाएका आक्रमणकारीले आक्रमण गर्न खोजिएको बढैयाताल गाउँपालिका–६ जिपुरका भगत नेपालीले बताए । नकाबधारीले मोटरसाईकलमा पच्छ्याउदै आक्रमणको प्रयास गरेको घटनालाई बर्दिया प्रहरीले भुतले तर्साएर घटना घटेको हुन सक्ने भन्दै प्रहरी पन्छिन खोजेको नेपालीको आरोप लगाए।

    नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिका अध्यक्ष एवं नेपाली काङ्ग्रेस बाट २०७९ को स्थानीय निर्वाचनमा बढैयाताल गाउँपालिकाको अध्यक्षका उम्मेदवार र बाँके को नेपालगन्ज स्थित मध्यपश्चिम क्याम्पसको प्राध्यापक समेत रहेका छन भगत नेपाली।

    सांघतिक रुपमा आक्रमण गर्न खोज्ने समुहलाई नियन्त्रणमा लिई कानुनी कारवाही गर्नुपर्ने नेपालीले माग गरेका छन् । ‘प्रत्येक दिन जस्तै त्यस दिन फागुन २४ गते बिहान करिब ५ बजे नेपालगन्ज क्याम्पस पढाउन हिडेको थिए’नेपालीले भने,‘बढैयाताल गाउँपालिका–३ मान झुण्डी सामुदायिक वन जंगलको मोडमा दुई वटा मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गर्न खोजे ।’ रोक, जान्ने बन्छस, ठुलो पल्टिने भनेर अपशब्ध बोल्न थाले उनले भने । अपरिचित व्यक्तिहरुको भौतिक आक्रमणमा पर्नु भन्दा चलाएको मोटरसाईकल छोडेर दायाँतर्फक जंगलमा भागेको नेपालीले सुनाए ।

    करिरब ५० मिटर दुरीसम्म एक जनाले लखेटेको जनाए । भाग्ने क्रममा रुखमा ठोकिएर घाँटीमा चोट लागेर घाईते भएको नेपालीको भनाई छ । भाग्दै नजिककैको सशस्त्र बेस क्याम्पमा पुगे र सशस्त्र प्रहरीले उपचारको लागि नेपालगंज पुगाएको नेपालीको बताए । यस घटनालाई प्रहरीले प्राथमिकतामा नलिएको नेपालीले जनाए । आफुलाई आक्रमण गर्ने को अवस्थाको जानकारी लिन खोज्दा प्रहरीले भुतले तर्साएर घटना घटेको हुन सक्ने भन्दै प्रहरी पन्छिन खोजेको नेपालीको दावी छ । घटनालाई प्रहरी प्रशासनले गम्भीर रुपमा नलिएको समेत भगत नेपालीले दुख व्यक्त गरे ।

    भगत नेपाली जी लाई आक्रमणको प्रयास गर्ने आक्रमणकारी को बिषयमा प्रहरी प्रशासनले चासो नलिएको देखिएको र अनुसन्धान समेत प्रभावकारी ढङ्गबाट नगरिएको हो कि भन्ने कुरा नेपाली काङ्ग्रेस बर्दियाका अध्यक्ष अरुण प्रकाशसिंह राठौरले बताए। नेपाली काङ्ग्रेस बर्दियाले यो आक्रमणलाई गम्भीरता पुर्वक नियालिरहेको राठौरले भने । आक्रमण प्रयास गर्नेलाई खोजतलास गरेर पक्राउ गर्न थप कडा अनुसन्धान गर्न समेत राठौरले बताए ।

    मैनापोखर प्रहरीले सांघतिक आक्रमण प्रयास गर्ने आक्रमणकारीको खोजतलासमा कार्य प्रभाव नदेखिएखो नेपाली काङ्ग्रेसका नेता शम्भुप्रसाद रिजालले बताए। घटना भएको एक हप्तासम्म पनि भगत नेपाली जी लाई आक्रमण प्रयास गर्नेको बिषयमा अनुसन्धानमा तदारुकता देखाउन अनुरोध गर्दै सांघतिक आक्रमण प्रयासलाई कडा भन्दा कडा पक्राउ गरि कार्यबाही हुनुपर्ने रिजालले भने। भगत नेपाली जी को आक्रमण प्रयासप्रकरणको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले बताए । आक्रमण प्रयास गर्ने कै थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोलि गठन गरिएको समेत धितालले जानकारी दिए।

    आक्रमणकारीको आक्रमणको प्रयासबाट भाग्ने क्रममा भगत नेपालीको घाँटीमा चोट देखिएको छ र हाल नेपाली घरमा रेस्टमा रहेका छन।

    Post Views: 386
    प्रकाशित मिति: २०८० फाल्गुन ३०, बुधबार १४:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.