बर्दिया, फागुन २९ गते (माउण्टेनसमाचार)राज्य गम्भिर नहुँदा बर्दियाको सदरमुकाम गुलरिया बाढीको उच्च जोखिममा रहेको संघिय सांसद गौतमले बताएका छन।


कुन कामलाई प्राथमिकतामा राख्नुपर्ने हो, कुन कामलाई राख्नुपर्ने होइन भन्ने विषयमा राज्य गम्भिर नरहेको सांसद गौतमले भने । ‘यहाँ सदरमुकाम गुलरिया बचाउन अर्बौ रुपियाको लगानी भएको छ’संघिय सांसद गौतमले भने,‘चार,पाँच वटा पोइन्ट उच्च जोखिममा छन् ।’ यी पोइन्टको राज्यले संरक्षण गरेन भने यसपालीको असारमा गुलरिया सदरमुकाम बचाउन नसकिने गौतमले बताए। ठेक्का भईसकेको छ, २२/२४ करोडको दायित्व राज्यले निर्वाह नगर्दा आयोजनाका काम अस्त व्यस्त भएका छन् , काम गरेको रकम नपाउँदा काम गर्ने ठेकेदार सम्पर्क देखि टाढा छन् गौतमले भने । रकम अभावले ठेकेदारले काम गर्ने अवस्था छैन, यस विषयमा पटक पटक सदनमा कुरा उठाउँदा समेत पनि सम्बन्धित निकायले वास्ता नगरेको संघिय सांसद गौतमको आरोप लगाए ।

बबई नदीको केही पोइन्टहरुमा तत्काल काम भएन भने भएको काम पनि तहस नहस हुने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । यस कामको लागि बिपत व्यवस्थापन समिति र जिल्ला प्रशासनको तर्फबाट प्रतिबद्ध रहेको सहायक प्रजिअ कठायतले जनाए ।

बाढीबाट गुलरियालाई सुरक्षित गर्ने उदेश्यले बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले गरेको काम अधुरो अवस्थामा रहेको गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादुर मल्लले बताए । ‘आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएका छन्’ ‘ठेकेदार र आयोजना कार्यालय बिच द्वन्द्व हुने सम्भावना बढेको छ’अध्यक्ष मल्लले भने,‘किन भने ठेकेदारले काम गरेको भुक्तानी पाएका छैनन ।’ बाढीबाट गुलरिया सदरमुकामलाई बचाउन सबै जना आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने अध्यक्ष मल्लको भनाई छ ।
बबई नदीको राइट साईड मात्र पन्डितपुर देखि गौरीसम्मको २८ किलोमिटर बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले हेरेको
बबई भादा औरही नदि आयोजना प्रमुख शिवजी शाहले बताए । ‘आव ०७५/०७५ मा ३ अरब ९२ करोडको डिपिआर बनेको थियो’आयोजना प्रमुख शाहले भने,‘त्यसमध्ये पन्डितपुर एरियामा काम भईसकेको अवस्था छ ।’ ‘गुलरिया सदरमुकामलाई जोखिम हुने पोइन्टमा आव ०७७/०७८ मा ३ वटा टेन्डर भएका थिए र अहिले रनिङ्ग प्रोजेक्टको रुपमा ५ वटा ठेक्का रनिङ्ग छ शाहले भने । रनिङ्ग प्रोजेक्टको २२ करोड ४३ लाख दायित्व सिर्जना भएको छ, तर हामीसंग बजेट छैन शाहले थपे । यसपाली ठेक्केदारलाई काम गराउन न्युनतम १३ करोड ६६ लाख बजेट लाग्छ भनेर हाम्रो मन्त्रालयको सचिव स्तरीय निर्णय भएर अर्थमन्त्रालयमा पठाएको अवस्था छ, अर्थ मन्त्रालयमा बजेट अभावको कारणले दिन नसक्ने जनाईएको आयोजना प्रमुख शाहले सुनाए । बजेटको व्यवस्था भए यसपाली जोखिम युक्त पोइन्टको काम फाईनल गर्ने योजना रहेको आयोजना प्रमुख शाहले जानकारी दिए ।
गुलरिया नगरपालिका बडा नं ५ बालापुर, रामबाग, वडा नं. ८ को पशुहाट बजार र वडा नं.१० गौरी गाउँ स्थितको अलपत्र अवस्थामा रहेको तटबन्धहरुको फागुन २८ सोमबार अनुगमन गरिएको छ । बबई नदीको बाढी बस्तीमा पस्न नदिन सुरु गरिएको तटबन्ध बजेट अभावले अलपत्र अवस्थामा छन् । यदि समयमै यी तटबन्धहरुको काम पुरा भएन भने आउने बर्खामा भएको तटबन्ध पनि भत्केर जाने अवस्था छ । अनुगमनमा गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष शुधान्सु शर्मा र बडा नं ४ का बडा अध्यक्ष सुरेश गौतम समेतको उपस्थिती रहेको थियो ।




