• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

५० प्रभावशाली महिलाको सूचीमा बर्दियाका दुई महिला

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २७, आईतवार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ८ मार्चअर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अनलाइनखबर डटकमले सार्वजनिक गरेको नेपालका ‘५०  प्रभावशाली महिला’को सूची बर्दियाका दुई महिला समेटिएका छन् । २४औ नम्बरमा लुम्बिनी प्रदेशकी पूर्व उपसभामुखसमेत रहेकी कृष्णी थारु र ४९औ नम्बरमा सञ्चारकर्मी पुष्पा चौधरी ५० प्रभावशाली महिलामा पर्न सफल भएका हुन् ।

    अनलाइनखबरले ६ वटा मापदण्ड बनाएर देशभरिमा प्रभावशाली महिलाको खोजी गरेको थियो । राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलालाई छनौट गरेको छ ।

    कृष्णी थारु

    पूर्व उपसभामुख- लुम्बिनी प्रदेश

    ७ वर्षकै उमेरदेखि कमलरी जीवन बिताएकी बर्दिया राजापुरकी कृष्णी थारू लुम्बिनी प्रदेश सभाकी माननीय उपसभामुखसम्म पुगिन् । २०६४ सालमा अखिल नेपाल महिला संघको बर्दिया जिल्ला सदस्यबाट नेकपा एमालेको राजनीतिमा जोडिएकी कृष्णी २०७४ को स्थानीय चुनावमा राजापुर नगरपालिकामा उपप्रमुख पदको उम्मेदवार थिइन् । तर पराजित भइन् ।

    स्थानीय तहमा पराजित भएकी कृष्णीलाई लगत्तै भएको प्रदेश सभा निर्वाचनमा उनको पार्टीले समानुपातिक सूचीमा राख्यो, उनी सभासद् भइन् । त्यसपछि प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वारलाई पराजित गर्दै उनी उपसभामुख बन्न सफल भइन् ।

    दुई दशक अघिसम्म घरेलु कामदार बसेर कठोर श्रम गरेकी श्रमिक महिला कसरी मुलुकको नीति–निर्माण तहमा पुगिन् भन्ने एउटा दृष्टान्त हुन्, कृष्णी थारू । जीवन संघर्ष, समानताको आन्दोलन र श्रम अधिकारको पैरवीले उनलाई यो उचाइ दिएको हो ।

    पुष्पा चौधरी

    सञ्चारकर्मी

    ५३ वर्षीया पुष्पा चौधरी १६ वर्षदेखि बर्दियाको बाँसगढीस्थित सामुदायिक रेडियो गुरुबाबा एफएमको व्यवस्थापकीय नेतृत्वमा छन् । थारू भाषामा सञ्चालन हुने नेपालकै पहिलो सामुदायिक रेडियोको नेतृत्व गर्ने क्रममा उनले समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र भाषा संस्कृतिको संरक्षणमा निर्वाह गरेको भूमिका अद्वितीय छ ।

    २२ वर्षदेखि निरन्तर पत्रकारितामा रहेकी उनी अहिले त २४सै घण्टा अफिसमा बस्छिन् । झिसमिसे बिहानदेखि राति अबेरसम्म रेडियोकै काममा व्यस्त हुन्छिन् । उनका लागि रेडियो भन्नु नै सबैथोक हो । थारू समुदायमा पुगेर उनीहरूकै भाषा र शैलीमा उनीहरूकै आवाज रेडियोका माध्यमबाट समुदायमा पुर्‍याउन सक्रिय हुन्छिन् । ‘थारू भाषा, संस्कृति र समुदायका आवाज उठाउँदा उठाउँदै रेडियो नै मेरो घर–परिवार बन्यो’ उनी भन्छिन्, ‘विवाहबारे त सोच्नै भ्याइएन ।’

    दाङको घोराहीबाट निस्कने थारू भाषी भित्ते पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेकी पुष्पाले २०५५/५६ सालतिर झण्डै एक वर्ष त्यसको सहायक सम्पादक भएर काम गरिन् । विस्तारै उनलाई पत्रकारिता रमाइलो लाग्न थाल्यो । त्यही क्रममा २०५७ सालतिर थारू भाषाको रेडियो कार्यक्रम उत्पादन गर्ने अवसर पाइन् ।

    गाउँबस्तीमा पुगेर थारू समुदायका शिक्षा, कृषि, स्वास्थ्य, मानवअधिकार जस्ता विषयमा रेडियो कार्यक्रम उत्पादन गर्न थालिन् । पुष्पा सहितको टिमले उत्पादन गरेको रेडियो कार्यक्रम ‘ख्याल’ रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट हरेक हप्ता प्रसारण हुन थाल्यो । कार्यक्रम यति लोकप्रिय भयो कि समुदायको प्रशंसाबाट दंग पुष्पाले पत्रकारितामै करिअर देखिन् ।

    त्यति नै बेला कैलालीको घोडाघोडी एफएममा कार्यक्रम सञ्चालकको जिम्मेवारी पाइन् । २०६१ सालमा घोडाघोडी एफएममा आबद्ध भइन् । एफएमका लागि समाचार तयार पार्ने, समाचार पढ्ने र कार्यक्रम उत्पादन गर्ने उनको काम हुनथाल्यो । २०६४ सालमा बर्दियाको गुरुबाबा एफएममा स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सोही भूमिकामा रहेर सामुदायिक सञ्चारकर्मीको रूपमा थारू भाषा, संस्कृतिको प्रवर्द्धन र महिला सशक्तीकरणमा क्रियाशील छिन् । एफएम रेडियोको स्टेशन म्यानेजर भएर काम गर्ने पुष्पा सम्भवतः थारू समुदायकी पहिलो महिला पत्रकार हुन् ।

     

     

     

    दैनिकनेपालगन्ज/साभार

    Post Views: 629
    प्रकाशित मिति: २०८० फाल्गुन २७, आईतवार ०८:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.