• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दलितका लागि दलित आन्दोलन नेपाल द्वारा कोहलपुरमा जागरण सभा

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २६, शनिबार २१:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोहलपुर, फागुन २६ गते ( माउण्टेनसमाचार) / दलितका लागि दलित आन्दोलन नेपाल द्वारा कोहलपुर चौराहामा आज फागुन २६ गते शनिबार दलित जागरणसभा सम्पन्न भएको छ ।

    दलितका लागि दलित आन्दोलन नेपाल द्वारा आयोजित कार्यक्रममा “आफ्नो लागि आफैँ” भन्ने नारासहित कोहलपुरमा जागरण सभा सम्पन्न भएको हो ।

    जागरण सभामा “सदियौं देखि दलित अपहेलित भएर बाँचिरहेकाले अब आफ्नो अधिकारका लागि आफैँले आवाज उठाउनु पर्ने बेला आएको दलितका लागि दलित आन्दोलन नेपालका अध्यक्ष खगेन्द्र सुनारले बताए।

     

    २१औँ शताब्दीमा समेत दलित राज्यको मूल प्रवाहमा आउने नसकेको दुखेसो पोख्दै सुनारले चिन्ता व्यक्त गरे । सभ्य र सम्मानित समाजका लागि जातीय विभेद् अन्त्य हुनु पर्ने भए पनि दलित समुदायले अहिले पनि छुवाछुत जस्तो कूप्रथा सहनु परेको सुनारको भनाइ छ । दलित अधिकारको माग गर्नु अरु समुदायको अधिकार नखोस्नु र उनीहरुलाई अपमानित नगर्नु भएको भन्दै सुनारले भने, ‘अधिकारका लागि गाउँगाउँबाट आवाज उठाउनु पर्छ ।’ अधिकारका लागि नबोल्दासम्म विभेद्को चपेटामा पिल्सिनु पर्ने भन्दै अब दलितहरु एक भएर अगाडि बढ्नु पर्ने सुनारले बताए।

    डा. निर्मल विश्वकर्माले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताए ।

    त्यस्तै दलित महिना नेतृ तथा पूर्व खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले व्यवस्था परिवर्तन भए पनि दलितहरुको अवस्था उस्तै रहेको बताइन् ।

    यसै पनि दलित तथा अन्य सीमान्तकृत समुदायले अहिलेको व्यवस्थामा पनि बहिष्करण महसुस गरेको दलित अगुवाहरुको भनाइ रहेको छ । संविधानले दलितको अधिकारको बिषयमा केही सुधार हुने आशा जगाएको थियो तर पार्टी नेताहरूले संविधानका प्रावधानहरूको उपेक्षा गर्ने गरेको उनीहरुको भनाइ छ । यस्तो उपेक्षित व्यवहार संविधान विरोधी भएको उनीहरुको ठहर छ ।

    Post Views: 268
    प्रकाशित मिति: २०८० फाल्गुन २६, शनिबार २१:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.