बर्दिया,फागुन २५ (माउण्टेनसमाचार) / गुलरिया नगरपालिका–६ हुलाक चोक स्थित एक पसलमा चोरी भएको छ । राधाकृष्ण दुध उद्योगमा शुक्रबार दिउँसो चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका हुन् । पक्राउ परेका नाबालकले भुरिगाउँ घर रहेको बताएका छन् ।

पसलको भित्र पट्टि भाडा धोइरहेको बेला चोरी भएको दुध डेरी संचालक भरत उपाध्यायले बताए । गल्लामा राखेको रुपिया चोरेर पसलबाट बाहिर निस्कदै गरेको अवस्थामा देखेर युवकलाई समातेको उपाध्यायले जनाए । युवकलाई प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए ।
गत माघ १५ गते गुलरिया नगरपालिका–७ भन्सार रोड बाईपास चोक नजिकै मेराज जनरल स्टोर दिनदहाडै चोरी भएको थियो । उक्त चोरीमा दुई जना नाबालक समातिएका थिए ।




