• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिया-नेपालगन्ज सडकखण्ड कालोपत्रे गर्न शुरु

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २३, बुधबार ०९:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम शुरु भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम शुरु भएको हो ।

    निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पुरा हुने बताए । शर्माले भने, “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ ।“

    ११.६ किलोमिटर चारलेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक विस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुने गरी गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य शुरु भएको हो । एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेकाले आफू सहजीकरणका लागि केही दिनदेखि काठमाण्डौमा रहेको बताए । माघसम्म काम गरेको ४४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।

    योजना प्रमुख भण्डारीले भने, “बजेट अभाव कायमै रहेमा भने निर्माणाधीन योजना र स्थानीयमा तत्कालीन र दीर्घकालीन प्रभाव पर्ने देखिएको छ ।“ शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको हो ।

    Post Views: 311
    प्रकाशित मिति: २०८० फाल्गुन २३, बुधबार ०९:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.