• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

  •  मिन अधिकारी
  • २०८० फाल्गुन २१, सोमबार १४:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

    बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् । राजापुर नगरपालिका ५ मा राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज स्थापना हुन लागेसँगै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय किसानको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो । राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिजले पहाडीपुरमा करिब २५ विगाहा क्षेत्रफलमा उद्योग स्थापना गरेर व्यवसायिक उखु खेती गर्ने किसानलाई प्राविधिक सहित विउँसमेत सहयोग शुरु गरे पछि किसानले अन्नभन्दा पनि नगदे बाली उखु खेतीमा मन लगाएको देखिएको हो ।

    नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरीले राजापुर नगरपालिकामा व्यक्तिको जमिन भाडा सम्झौता लिएर समेत खेतीमा लागेका किसान देख्दा खुशी लागेको र आफूले पनि उखु खेती गरेको बताउनु भयो । पछिल्लो समय कृषि क्षेत्रमा युवापुस्ताको सहभागिता घट्दै जाँदा उर्बर भूमि नै बञ्जर बन्ने हो कि भन्ने चिन्ताले सताइरहेको अवस्थामा चिनि उद्योग खुल्नु यो क्षेत्रका किसानका लागि अवसर भएको राजापुर ८ का वडाध्यक्ष राजेश थारुले वताउनु भयो । समयमा उखुको पैसा नदिएर देशभरका चिनी उद्योग प्रति किसानको विश्वास घट्दै गएको अवस्थामा राजापुरमा स्थापना हुने उद्योगले समयमै भुक्तानी गरेर किसानको मन जित्नेमा आफु विश्वस्त रहेको धारणा राख्नु भयो ।

    भौरा क्षेत्रको राजापुर र गेरुवामा व्यावसायिक उखु रोपाइँको शुरुवात गर्दै युवापुस्ता पनि कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको र अधिकांश स्थानीयको आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक रहेको बताए । पहिलो वर्ष करिब ३०० विगाहामा विउका लागि उखु रोपियो र एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने भएकाले किसानहरु खुशी भएको समन्वयकर्ता कृष्ण रेग्मीले बताउनु भयो । राजापुरको चिनी उद्योगका लागि भौरसा क्षेत्रमा मात्रै नभएर बर्दियाका अन्य पालिका सहित कैलालीका किसान समेत उखु खेतीमा लागेको रेग्मीको भनाई छ ।

    Post Views: 341
    प्रकाशित मिति: २०८० फाल्गुन २१, सोमबार १४:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.