• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २१, सोमबार १३:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ । “भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेका छन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हरेक दिन ठूलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको व्यवसायलाई धाराशायी बनाएको छ ।”

    पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको ‘रेकर्ड’ नै छैन । पशु क्वारेन्टाइन र नेपालगञ्ज भन्सार कार्यालयले तथ्याङ्क नराखेको उहाँको गुनासो छ । भारतीय दूधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने उहाँको भनाइ छ । भारतबाट भित्रिएको दूध सस्तो दरमा बिक्री वितरण हुन थालेपछि स्थानीय किसानकोे दूधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताउनुभयो । “कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ”, उहाँले भन्नुभयो, “कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ । तर पछिल्लो समय दूध बिक्री वितरण नहुँदा समस्या भएको बढ्दै गएको छ ।”

    बाँके जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैधरुपमा आउने कच्चा दूध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दूध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने माग गर्दै दुग्ध व्यवसायी सङ्घ बाँकेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षण गराइएको अध्यक्ष भण्डारीले बताउनुभयो । बजारमा खुलारुपमा कुनै पनि निकायमा दर्ता तथा परीक्षणसमेत नगरी भित्रिएका दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण र बजार अनुगमनको लागि पनि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले दुग्ध व्यवसायी र दूध उत्पादक किसानको समस्या समाधानको लागि आवश्यक पहल गरिने बताउनुभयो ।

     

     

    दैनिक नेपालगञ्ज/साभार

    Post Views: 212
    प्रकाशित मिति: २०८० फाल्गुन २१, सोमबार १३:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.