• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कञ्चनपुरमा युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २०, आईतवार २०:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी,फागुन २० / कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।

    वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको डीएसपी डाँगीले बताए ।

    मृतकका बुवाले वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए । सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ । पक्राउ परेका ६ जना नै घटना भएको दिन मृतक रानासँगै रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । साभार अनलाइनखबर

    Post Views: 191
    प्रकाशित मिति: २०८० फाल्गुन २०, आईतवार २०:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.