• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको छु: मन्त्री राई

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १८, शुक्रबार २०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,फागुन १८/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको बताएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेका रिक्ततालाई परिपूर्ति गर्ने ढंगले काम गरिरहेको बताएका हुन्।

    उनले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव भएको भन्दै परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानुनहरु बनाउनुपर्ने बताए। उनले प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउने अन्तिम चरणमा रहेको बताए। उच्च शिक्षा सम्बन्धी ऐनपनि संसदमा छिट्टै ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए।

    उनले भने, ‘अहिले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव हो। परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानूनहरु बनाउनुपर्ने छ। विद्यालय शिक्षा सम्बन्धी ऐन अहिले छलफलमा छ समितिमा। प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउनेवाला छ अन्तिम चरणमा छ। त्यस्तै, उच्च शिक्षा सम्बन्धी ऐनपनि नयाँ ढंगले ड्राफ्ट गरेर अगाडी लानुपर्ने आवश्यकतामा छ।

    ०७६ सालमा बनेको ड्राफ्ट सार्वजनिक रुपमा छलफलका लागि मैले सार्वजनिक गरेको थिएँ। धेरै विज्ञहरुको विचार हेर्दाखेरी त्यो ऐनलाई नयाँ ढंगले नयाँ आकार, नयाँ सारतत्व राखेर समयानुकुल बनाउनुपर्ने कुरा आएको छ। त्यसलाई ड्राफ्ट गरेर सकेसम्म छिटो संसदमा प्रश्तुत गर्ने प्रयत्न चलिरहेको छ। शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेको एकखालको रिक्तता नै भन्न सकिन्छ यसलाई, त्यो रिक्ततालाई परिपूर्ति गर्ने ढंगले म काम गरिरहेको छु।’ साभार नागरिकन्युज

    Post Views: 183
    प्रकाशित मिति: २०८० फाल्गुन १८, शुक्रबार २०:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.