• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चितवनमा बालिकाको मृत्यु प्रकरण: प्रधानाध्यापकसहित तीन जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १८, शुक्रबार २०:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, फागुन १८/चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। गत शनिबार बिहान रत्ननगर नगरपालिका- १५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको हो। उनको मृत्यु भएपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

    प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

    सालिनको मृत्यु भएपछि आफन्तले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। प्रहरीले यस घटनामा अनुसन्धान जारी रहेको र पोष्टमर्टमको रिपोर्टपछि घटनाबारे बताउन सक्ने जनाएको छ।

    शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा ल्याइएको छ। पोष्टमर्टम पनि भइसकेको डिएसपी भण्डारीले बताए। यद्यपि रिपोर्ट आइनसकेकाले प्रहरीको टोली काठमाडौंमै रहेको उनले बताए। ‘पोष्टमर्टम भइसकेको छ तर रिपोर्ट प्राप्त भइनसकेकाले टोली काठमाडौंमै छ,’ उनले भने।

    उनका अनुसार गत शनिबार बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति समेत दिएको छ। साभार सेतोपाटी

    Post Views: 207
    प्रकाशित मिति: २०८० फाल्गुन १८, शुक्रबार २०:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.