• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया प्रशासन अगाडि दुध पोखेर किसानले विरोध गरे

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १८, शुक्रबार २०:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,फागुन १८/ जिल्ला प्रशासन कार्यालयको अगाडि दुध पोखेर किसानले विरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा बिहीबार दुध उत्पादक किसानले प्रशासन कार्यालय अगाडि दुध पोखेर बिरोध प्रदर्शन गरेका हुन् ।

    संघको नेतृत्वमा गुलरियाको राधाकृष्ण चोक देखि निकालिएको बिरोध ¥यालीले जिल्ला प्रशासन कार्यालय अगाडि दुध पोखेर र गुलरिया नगरपालिका–८ पशु हाट बजार स्थित गुलरिया नेपालगंज सडक खण्ड २ घण्टा बन्द गरेर बिरोध गरेको छ ।

    सरकारी निकाय डिडिसिले दुध उत्पादक किसानको भुक्तानी नदिएको तथा दुध बजारीकरणलगायतका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई खबरदारी गर्न बिरोध कार्यक्रममा आयोजना गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पवन कुमार यादवले बताए ।

    ‘जिल्ला प्रशासन कार्यालय अगाडि १२ क्यान दुध पोखेर बिरोध र शान्तिपुर्ण रुपमा २ घण्टा चक्काजाम गरेका छौं’अध्यक्ष यादवले भने,‘यस अघि दोस्रो चरणको कार्यक्रममा संघले फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना र मागसहित ज्ञापनपत्र बुझाई सकेको छ ।’ अब फागुन २० गतेसम्म कुर्ने हो । यदि सरकारले हाम्रो माग सम्बोधन गरेन भने फागुन २१ गते देखि निरन्तर रुपमा माइती घर मण्डलामा धर्ना तथा बिरोध प्रर्दशन गर्ने योजना छ । जसमा बर्दियासहित देशभरिका दुध उत्पादक किसानले सहभागिता रहने अध्यक्ष यादवले जानकारी दिए ।

    Post Views: 222
    प्रकाशित मिति: २०८० फाल्गुन १८, शुक्रबार २०:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.