• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खाता क्षेत्रका पिडितका लागि विमा कार्यक्रम संचालन गर्ने : सांसद जन्मजय तिमिल्सिना

  •  दीपकलाल श्रेष्ठ
  • २०८० फाल्गुन ६, आईतवार ०८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,फागुन ६/लुम्बिनी प्रदेश सरकार द्वारा खाता क्षेत्रका पिडितका लागि बिमा कार्यक्रम संचालन गर्ने भएको छ । डिभिजन वन कार्यालय द्वारा शनिबार आयोजित समन्वय बैठक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको पिडितसंग जनता कार्यक्रम अन्तर्गत विमा योजनाको सुरुवात गर्न लागिएको लुम्बिनी प्रदेश सांसद तथा लुम्बिनी प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले बताएका हुन् । मधुवन नगरपालिका –१ र ३ मा विमा कार्यक्रम संचालन हुने भएको छ । विमा कार्यक्रमबाट वन्यजन्तु पीडितले पाउने क्षतिपूर्ति रकम राहत हुने प्रदेश सांसद तिमिल्सिनाले जनाएका छन् ।

    Ban

    वन्यजन्तुबाट पिडितलाई खाता कोरिडोर क्षेत्रका परिवारलाई करिब २० लाख बराबरको विमा गर्ने गरि तैयारी रहेको डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख वन अधिकृत टंक गुरुङले बताए ।

    पिडितको विमा गर्नु राम्रो पक्ष रहेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । साथै विमा एउटा राहत मात्र रहेकोले स्थायी रुपमै मानव वन्यजन्तु द्वन्द नहुने योजना तिर ध्यान केन्द्रित हुनु पर्ने नगर प्रमुख भाटले भनाई राखे ।

    हाल विभिन्न संघ संस्थाबाट सहयोगमा करिब रु ४ हजार ६ सय ८२ घर लघु विमा गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताए । मानव वन्यजन्तु सहअस्तित्वका लागि विमा गरेपछि वन्यजन्तुबाट क्षति भएपछि पिडित परिवार विमामा जाने गरेकोले विमाले स्थानीयमा राम्रो प्रभाव पारेको अध्यक्ष गुरुङ्गले जनाए ।

    कार्यक्रममा मधुवन नगरपालिका– १, २, ३ र ४ का अध्यक्षहरुका साथ डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत द्रोणराज शर्मा, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहाल र लुम्बिनी प्रदेश वन मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 282
    प्रकाशित मिति: २०८० फाल्गुन ६, आईतवार ०८:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.