• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिका शिक्षा क्षेत्रमा देशभरमै उत्कृष्ट शिक्षा पत्रकार समुहद्वारा सम्मानित

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ६, आईतवार ०६:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा देशभरका स्थानीय पालिहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकालाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेकाे छ ।

    झन्डै २५ वर्ष अघि स्थापना भएको शिक्षा पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम मनाउँद‌ै गर्दा २०७९ सालदेखि नगरपालिकाले सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च प्राथमिकता राखि ठाकुरबाबा नगरपालिकाकालाई सम्मान गरेको हो ।

    रजत जयन्तीका अवसरमा आज सनिवार काठमाडौंमा आयाेजित कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको भन्दै बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मान गरेको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

    देशभरका स्थानीय पालिकाहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाले २०७९ सालदेखि सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै शिक्षा पत्रकार समूहले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

    ठाकुरबाबा नगरपालिकाका नगर प्रमसख तिलकराम लम्साल, उप प्रमुख विना कुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालसहितकाे टाेलीलाई शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनाैट समितिका संयाेजक प्राध्यापक डाक्टर विद्यानाथ काेइराला र शिक्षामन्त्री अशोककुमारले सम्मान पत्र प्रदान गर्नुभएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

    शिक्षा क्षेत्रमा आफ्नो पालिाकामा गरेकाे कार्यकाे मुल्यांकन गरि पालिका परिवारलाई प्रसंसासहित सम्मानित गरेकाेमा आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर उकास्दै शिक्षा क्षेत्रमा अझैँ थप काम गर्ने हाैसलासंगै जिम्मेवारी थपिएको महशुस भएको नगर प्रमुख लम्सालले बताउनुभयो ।

    शिक्षा पत्रकार समुहको रजत जयन्ती एवं सम्मान कार्यक्रममा शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मूलतः स्थानीय तहलाई नै दिइएकाले आफ्नो पालिकामा शैक्षिक गुणस्तर माथि उठाउँदै सबैले सर्वसुलभ शिक्षा पाउनका लागि पालिका आफै अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    Post Views: 363
    प्रकाशित मिति: २०८० फाल्गुन ६, आईतवार ०६:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.