• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ५, शनिबार २०:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, फागुन ५ /चोरी शिकारी गर्न निस्केका एक युवकको गोली लागेर मृत्यु भएको छ। बबई गाउँपालिका – ४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका – १ स्थित बान्द्रेखोला जंगलमा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार राति १ बजेतिर खत्रीको शव जंगलमा फेला परेको थियो ।

    शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो। तुलसीपुरका प्रहरी प्रवक्ता मल्लका अनुसार खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको छ भने छातिमा भरुवा बन्दुकको गोली लागेको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

    शुक्रबार बेलुकी साढे ८ बजेतिर खत्रीको भरुवा बन्दुकको गोली लागेको भएपनि मध्यरातिमा मात्रै प्रहरीले त्यसबारे सूचना पाएको थियो । खत्रीसहित गाउँका ११/१२ जना साथीहरु मिलेर वन्य जन्तुको चोरी शिकारी गर्न भनेर जंगल गएको समयमा उनलाई गोली लागेको थियो । खत्रीलाई आँफैले बोकेको भरुवा बन्दुक पड्किदा छातिमा गोली लागेर मृत्यु भएको हो वा उनकै साथीहरु मध्य वन्य जन्तुलाई हानेको गोली गल्तिबस लागेको हो ? भन्ने बारे यकिन भइ नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    खत्रीसंगै चोरी शिकारमा निस्किएका अन्य सबैको पहिचान भइसकेको भएपनि उनीहरु सबै फरार रहेको हुँदा उनीहरु पक्राउ परेपछि तथ्य कुरा खुल्ने जिल्ला डिएसपी जनकबहादुर मल्लले बताए । संगै शिकार खेल्न भनेर गएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।साभार सेतोपाटी

    Post Views: 260
    प्रकाशित मिति: २०८० फाल्गुन ५, शनिबार २०:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.