• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ५, शनिबार १४:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, फागुन ५ गते / आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।

    नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । उनले ४५ बलमा ८ चौका र १ छक्का हिर्काए । अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रन बनाए । उनले ६ चौका र ४ छक्का हिर्काए ।

    नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।

    यसअघि राम्रो बलिङ प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो ।

    नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

    नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।

    पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

    Post Views: 283
    प्रकाशित मिति: २०८० फाल्गुन ५, शनिबार १४:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.