• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दिल्लीमा किसान आन्‍दोलन: ड्रोनबाट अश्रुग्यास प्रहार, ड्रोन झार्न किसानले उडाए चंगा

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ४, शुक्रबार २१:४७ प्रकाशित
    A police drone flies in the sky as farmers march towards New Delhi to press for better crop prices promised to them in 2021, at Shambhu, a border crossing between Punjab and Haryana states, India, February 14, 2024. REUTERS/Anushree Fadnavis
    • अ-
    • अ
    • अ+

    नयाँ दिल्ली, फागुन ४/भारतको नयाँ दिल्लीमा चार दिनदेखि किसानहरू आन्‍दोलनमा छन्। बालीको मूल्य र नाफा सुनिश्चित गर्न माग गर्दै भारतका हजारौं किसानले ‘दिल्ली चलो’ अभियान गरी आन्दोलन गरिरहेका हुन्। शुक्रबार भारतीय किसान यूनियन (बिकेयू) ले देशव्यापी भारत बन्दको घोषणा समेत गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

    सरकारलाई दबाब दिन आफ्ना कामकाज छाडेर भारत बन्द गर्ने घोषणा गरेको बिकेयूका नेता पवन खातानाले बताए। ‘किसानहरूलाई काम नगर्न, किनमेलका लागि बजार नजान भनिएको छ। व्यापारी र यातायात व्यवसायीहरू पनि प्रदर्शनमा सहभागी हुन आएका छन्,’ उनले भने। दिल्ली प्रवेश गर्न खोजेका किसानलाई प्रहरीले ठूलो सुरक्षा घेरा राखेर रोक्ने प्रयास गरिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार शम्भू बोर्डरमा प्रहरीले भीडलाई तितरबितर पार्न किसानहरूमाथि अश्रुग्यास समेत प्रहार गरेको छ।

    किसानले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। दुई पक्षीय भीडन्तमा परी किसान, पत्रकार र प्रहरीहरूसमेत घाइते भएका छन्। प्रहरीले किसानहरू राजधानीमा प्रवेश गर्न नसकून् भनेर तहगत रूपमा ब्यारिकेड (छेकबार) लगाएको छ। किसानले उक्त ब्यारिकेड पनि तोड्ने प्रयास गरेका छन्। दिल्‍ली चलो अभियानका लागि हरियाना, पञ्जाबबाट यात्रा गरिरहेका कतिपयलाई दिल्ली पुग्नु २०० किलोमिटर अघिदेखि नै प्रहरीले रोक्दै आएको छ।

    प्रदर्शनकारीहरूलाई रोक्न दिल्ली प्रहरीले ड्रोनबाटै अश्रुग्यास समेत प्रहार गरेको छ। केही दिनदेखि सुरू भएको प्रदर्शनमा प्रहरीले ड्रोनमार्फत् हजारौं टियरग्यास प्रहार गरिसकेको छ। तर त्यससँग जुध्न किसानले पनि जुक्ति लगाएका छन्। किसानले पनि ड्रोनलाई झार्न चंगा उडाएको टाइम्स अफ इण्डियाले जनाएको छ। त्यसरी चंगा उडाएपछि प्रहरीको सुरक्षा बैठकमा चर्चा समेत भएको थियो। किसानहरूले आफ्ना मागबारे सरकार सकारात्मक नभएको गुनासो समेत गरेका छन्।

    किसानहरूले खेती-बालीको मूल्य सुनिश्चित गर्न माग गरेका छन्। किसान समुदायको सुरक्षा र आफूहरूको नाफा सुनिश्चित गर्न आन्दोलन गरिरहेका हुन्। कम्तीमा पनि ५० प्रतिशत नाफा पाउनुपर्ने उनीहरूको माग छ।  उक्त मागसँगै उनीहरूले सन् २०२०-२१ मा सरकारले हालेका किसानविरूद्ध मुद्दा फिर्ता लिन पनि माग गरेका छन्। त्यतिबेला पनि त्यहाँ किसान आन्दोलन भएको थियो। किसानले पेन्सन र ऋण मिनाहाको समेत माग राखेका छन्।एजेन्सी

    Post Views: 220
    प्रकाशित मिति: २०८० फाल्गुन ४, शुक्रबार २१:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.