• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक : राष्ट्रपति पौडेल

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ४, शुक्रबार २१:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,फागुन ४/ राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक रहेको बताएका छन् । राजनीतिक परिवर्तनपछिको मुलुकले आर्थिक विकासमा फड्को मार्नु पर्ने उनले बताए  । शुक्रबार काभ्रेमा वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको बताए ।

    उनले देशमा उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा रहेकाले सो क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता महसुस भएको उनले बताए ।

    ‘निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको छ । मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो,’ उनले भने ।

    राष्ट्रपति पौडेलले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी युवालाई ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । बढ्दो सहरीकरणको प्रभावबाट छायामा परेको मौलिक वस्तुको उत्पादनलाई बढवा दिनुपर्ने उनले बताए । काभ्रेमा कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको भन्दै उनले रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

    कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण र प्रविधिको उपलब्धतामा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए । कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्थाका विषय राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलको भनाई छ । साभार रातोपाटी

    Post Views: 162
    प्रकाशित मिति: २०८० फाल्गुन ४, शुक्रबार २१:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.