• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बुटवल लोक नृत्यको उपाधि एभरेष्टलाई

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २, बुधबार २२:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल,फागुन २ / बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा एभरेष्ट माविले पहिलो पुरस्कार जितेको छ। ६५ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधिसँगै एभरेष्टले १ लाख नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र प्राप्त गर्‍यो।

    मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालित प्रतियोगितामा बुटवलका ४४ वटा विद्यालय सहभागी थिए। प्रतियोगितामा नवीन औद्योगिक मावि दोस्रो हुँदै ६० हजार नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो। न्यु होराइजन मावि र अक्सफोर्ड मावि तृतीय भए। उनीहरुले नगद २५ हजार सहित सिल्ड प्रमाणपत्र प्राप्त गरे।

    प्रतियोगिता समापन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउन बालबालिकाको क्षमता विकास तथा प्रदर्शनका कार्यक्रमहरु आयोजना गरिएको बताए। बुटवललाई लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा अग्रस्थानमा राख्नकालागि प्रतियोगिता गरिएको र यसलाई निरन्तरता दिइने उनले बताए। प्रतियोगिताको निर्णायक कमिटीका संयोजक दुर्गा रायमाझीले सहभागी सबै नृत्यहरु उत्कृष्ट र राम्रा रहेको र केही समुदाय र क्षेत्रका नृत्य प्रस्तुतिले नेपालकै विविधता झल्काएको बताए।

    प्रतियोगिताका विजेतालाई बिहीबार मनाउन लागिएको ६५ औं स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तथा वडा नं. १३ का अध्यक्ष नारायण पुनले जानकारी दिए।साभार नागरिकन्युज

    Post Views: 164
    प्रकाशित मिति: २०८० फाल्गुन २, बुधबार २२:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.