• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

केन्द्रीय कमिटीमा प्रधानमन्त्री प्रचण्डले भने- कांग्रेससँगको सहकार्य हामीलाई लाभदायक छैन

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १, मंगलवार ०६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको बताएका छन्।

    गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै उनले कांग्रेससँगको सहकार्य माओवादीका लागि लाभदायक नभएको बताए।

    ‘राष्ट्रिय सभा चुनावमा कोशीमा माओवादी उम्मेदवार हार्ने, नेकपा (एमाले) का उम्मेदवारले जित्ने दुर्भाग्यपूर्ण अवस्था आयो,’ केन्द्रीय कमिटी बैठकमा बोल्दै दाहालले भने, ‘कोशीमा पहिले हामीले सभामुख छाडियो, पछि मुख्यमन्त्री पनि छाड्नपर्‍यो। राष्ट्रिय सभामा पनि हराइयो। यसले कांग्रेससँग हाम्रो सहकार्य लाभदायक छैन भन्नेतिर हामी पुग्नुपर्ने देखियो।’

    राष्ट्रिय सभा चुनावमा १९ सिटमा सत्ता गठबन्धनले भागबन्डा गरी साझा उम्मेदवार उठाएका थिए। सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी हुँदा कोशीमा माओवादीकी कार्की पराजित भएकी थिइन्। कोशीमा कांग्रेसले धोका दिएको माओवादीको दाबी छ।

    ‘अहिले हामीलाई प्रधानमन्त्री पनि कांग्रेसले बनाएको त होइन,’ दाहालले भने, ‘कांग्रेससँगको सहकार्यबारे गम्भीरतापूर्वक विचार गर्नपर्ने भएको छ। तर यसको अर्थ अहिले नै गठबन्धन तोड्ने भन्ने त होइन।’

    २०७९ पुस १० गते नेकपा (एमाले) सहित दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए। पछि उनलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो।

     

    सेतोपाटी

    Post Views: 250
    प्रकाशित मिति: २०८० फाल्गुन १, मंगलवार ०६:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.