गुलरिया, माघ २९ गते / नेपाल रेडक्रस सोसाईटी गुलरिया (क) शाखाको आज भएको निर्वाचनमा तुलसी प्रसाद तिमिल्सिना विजयी भएका छन। माघ २८ गते आइतबार भएको निर्वाचनमा तिमल्सिनाले निकटतम प्रतिद्वन्दी गोविन्द प्रसाद लामिछानेलाई ७६ मतले पराजित गर्दै विजयी भएका हुन ।


खसेको ५ सय ४६ मत मध्य विजयी तुलसी प्रसाद तिमल्सिनाले ३ सय ४ मत प्राप्त गरेका थिए भने पराजित भएका गोविन्द प्रसाद लामिछानेले २ सय २८ मत प्राप्त गरेका थिए।
विजयी तुलसी प्रसाद तिमल्सिनालाई नेकपा(एमाले), नेकपा(माओवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन प्राप्त रहेको थियो भने गोविन्द प्रसाद लामिछानेलाई काङ्ग्रेसको समर्थन रहेको थियो ।
यसै गरि उपसभापति पदका विजयी प्रेमकुमारी रिजालले ३ सय मत प्राप्त गर्नु हुदै विजयी रहनु भयो भने निकटतम प्रतिद्वन्दी रेखा राईनले २ सय १२ मत प्राप्त गर्नु भयो, यस्तै सचिव पदमा बलराम पौडेल २ सय ८२ मत प्राप्त गर्दै विजयी रहनु भयो भने निकटतम प्रतिद्वन्दी बाबुराम कंडेलले २ सय ४३ मत प्राप्त गर्नु भयो । यस्तै
कोषाध्यक्ष पदमा अशोकराज पोख्रेल २ सय ७७ मत प्राप्त गर्दै विजयी रहनु भयो भने निकटतम प्रतिद्वन्दी कुमार पुरी २ सय ३७ मत प्राप्त गर्नु भएको थियो । यसै गरि उप-सचिवमा कृष्णप्रसाद तिमिल्सिना ३ सय ४६ मत प्राप्त गर्दै विजयी रहनु भयो भने निकटतम प्रतिद्वन्दी नारायण प्रसाद चौधरीले १ सय ७१ मत मात्र प्राप्त गरेका थिए।
उप-कोषाध्यक्षमा प्रभा केसी ३ सय ९ मत प्राप्त गर्दै विजयी रहनु भयो भने निकटतम प्रतिद्वन्दी कृष्णमोहन थारुले २ सय मत प्राप्त गरेका थिए।
यसै गरि महिला सदस्यहरुमा सरस्वती विक २ सय ६७ मत प्राप्त गर्दै विजयी रहनु भयो भने निकटतम भवानी कुमारी खत्री २ सय २८ मत प्राप्त गर्नु भएको थियो । खुला सदस्यहरुमा विजयी ४ जनामा माधव प्रसाद पोखरेल २ सय ६५ मत, सुशील प्रसाद उप्रेती २ सय ६३ मत, प्रताप पोखरेल २ सय ५० मत र विरबहादुर वूढाथोकी २ सय २८ मत प्राप्त गरी विजय भएको निर्वाचन समितिले जनाएका छन् । सदस्यका प्रतिद्वन्दीहरु उपेन्द्रकुमार पोखरेल २ सय २० मत, अयोध्याप्रसाद गोडिया २ सय १८ मत, राजकुमार लोध १सय ९९ मत, खुमलाल सुवेदी १ सय ९१मत र मोलहे गोडियाले ५२ मत प्राप्त गरेका थिए।




