• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अदालतको आदेश पालना गर्न एमाले रुपन्देहीको ज्ञापनपत्र

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २६, शुक्रबार २२:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही,माघ २६ / रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतको आदेशअनुसार अध्यक्षको पुनर्बहाली नगरिएको भन्दै नेकपा एमाले रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । एमालेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापालाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो । तत्कालीन मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेशभरका ६ अस्पतालका अध्यक्ष रिटसहित सर्वोच्च पुगेका थिए । सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नू/गराउनू भने पनि अध्यक्षमा अजयमान श्रेष्ठलाई पुनर्बहाली नगरिएको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।

    यसबीचमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन ओझालाई नियुक्त गरेको थियो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेशपछि स्वतः पुरानै अध्यक्षहरु पदमा रहने भए पनि अदालतको आदेशको अवहेलना गरिएको बताए । उनले अन्य पाँच अस्पतालमा पुरानै अध्यक्षले काम गरे पनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने अध्यक्ष कार्यालयमा आउन नसकेको बताए । उनले मेसु डा. थापालाई अध्यक्षको नेमप्लेट र कुर्सी कार्यकक्षमा राख्न माग गरे ।

    ज्ञापनपत्र बुझ्दै मेसु डा. थापाले सर्वोच्चको रिट कार्यान्वयन गर्ने/गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुनर्बहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का्े कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुर्‍याउने बताए । मेसु डा. थापाले आफू कानूनी सल्लाहकारको रायसहित अघि बढ्ने आश्वासन दिए ।

    ज्ञापनपत्र बुझाउन एमाले लुम्बिनी प्रदेश सदस्यहरु बाबुराम भट्टराई, गोपाल राना, रुपन्देही क्षेत्र नम्बर २ का इञ्चार्ज ऋषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बाबुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पूर्वमुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेललगायत अस्पताल पुगेका थिए ।साभार नेपालप्रेस

    Post Views: 253
    प्रकाशित मिति: २०८० माघ २६, शुक्रबार २२:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.