• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २६, शुक्रबार २२:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल,माघ २६/बुद्ध जन्मस्थल लुम्बिनीमा हुन गइरहेको चौथो अन्तराष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ। बालबालिकामाथि हुने सबैखाले हिंसा, बेचबिखन तथा बालशोषणको अन्त्य गर्न साझा अवधारणा बनाउँदै बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले सिखर सम्मेलन गर्न लागिएको हो।

    संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ देखि ३० गते (मार्च ११ देखि १३) सम्म लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको हो। सम्मेलनमा भाग लिन नौजना नोबेल शान्ति पुरस्कार विजेताहरू एकैपटक लुम्बिनी आउँदैछन्। विकासोन्मुख देशका राष्ट्रप्रमुख, संयुक्त राष्ट्रसंघका विकास साझेदार, बालबालिका तथा शान्ति क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारीसहितका विदेशी पाहुना सम्मेलनमा सहभागी हुनेछन्।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालबालिकाको विकास र संरक्षणका लागि बुद्ध जन्मस्थलबाट शान्ति, सद्भाव र करुणाको सन्देश दिँदै लुम्बिनीको महत्त्वलाई विश्वभर फैलाउन शिखर सम्मेलन लुम्बिनीमा गर्न लागिएको बताए। सम्मेलनमा विश्वभरका बालबालिकाको अधिकार र शान्तिका लागि दिशानिर्देश गर्दै बालशोषण अन्त्यका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गरिने उनले बताए। मुख्यमन्त्री चौधरीले नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा पनि सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

    ‘लुम्बिनी जस्तो पवित्र स्थलबाट विश्वका अति विशिष्ट व्यक्तिहरूको सम्मेलनले दिने सन्देशले लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्न सघाउनेछ,’ मुख्यमन्त्री चौधरीले भने। सम्मेलनमा शान्ति तथा बालबालिकाको क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारी र अन्तर्राष्ट्रिय मिडियाकर्मी गरी एक सय विदेशी पाहुना र दुई सय स्वदेशी सहभागी हुनेछन्।

    सम्मेलनमा विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामावुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का नोबेल पुरस्कार विजेता एरी वार्सल, २०११ का नोबेल शान्ति पुरस्कार विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नाबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन्।

    नोवेल पुरस्कारबाट सम्मानित नौजना हस्तीसहित विदेशी उच्च अधिकारीहरू एकैपटक लुम्बिनीमा जम्मा भएर विकास र शान्तिको सन्देश दिँदा लुम्बिनीप्रति विश्वको ध्यान खिचिने दाबी मुख्यमन्त्री चौधरीको छ। सम्मेलनका लागि प्रदेश सरकारले चालु वर्षको बजेटबाट ६ करोड ५० लाख रूपैयाँ छुट्याएको छ। शिखर सम्मेलनका लागि मुख्यमन्त्री चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरेर तयारी बढाइएको छ। सरकारका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउँदले उच्चस्तरीय ढंगबाट संंयोजनकारी भूमिका खेलिरहेको मुख्यमन्त्री चौधरीले बताए।

    सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्रप्रमुखहरू नोबेल पुरस्कार विजेताहरू, उच्चपदस्थ अधिकारीहरूको सुरक्षा प्रबन्धको तयारी संघीय सरकार तथा प्रदेश सरकारको गृहमन्त्रालयले गरिरहेका छन्। विदेशी तथा स्वदेशी पाहुनाको आवास, सुरक्षा, खानपान तथा आवतजावतलगायतका सम्बन्धमा तयारी तीव्र्र पारिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन फागुन २८ गते उद्घाटन समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहलमा हुनेछ। विधागत तथा समूहगत छलफल कार्यक्रम भने होटलमा गर्ने तयारी छ। शिखर सम्मेलनको निचोड स्वरूप प्रतिबद्धता पत्र सार्वजनिक तथा समापन कार्यक्रम मायादेवी मन्दिर परिषरमा गरिनेछ।

    सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनालाई लुम्बिनी आसपासका बुद्धस्थलका साथै पाल्पा, प्युठानको स्वर्गद्धारी र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता घिमिरेले बताए। सम्मेलनले विश्वभरमा बालबालिकाको विकासमा देखिएका चुनौती चिर्दै बाल विकास र संरक्षणका लागि कार्ययोजना बनाउने र बालशोषण अन्त्यका लागि सबैको प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्नेछ।साभार नागरिकन्युज

    Post Views: 203
    प्रकाशित मिति: २०८० माघ २६, शुक्रबार २२:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.