• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार १०:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    वुटवल, माघ २३ गते / वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय भएको भन्दै सम्बद्ध सरोकारवालाले वन पैदावार उपभोग बढाउने गरी वन ऐन संशोधन गर्न सुझाव दिएका छन् । वन ऐनका कारण वनभित्र उत्पादन भएका वन पैदावारको उपभोग हुन नसकेको गुनासो सरोकारवालाको छ । 

    वन ऐनका कारण देखिएको झन्झट हटाउनुपर्ने सुझाव उहाँहरूको छ । ‘सामुदायिक वनका सवालहरू’ विषयक बुटवलमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश सामुदायिक वनका उपभोक्ताले वन ऐनको नाउँमा उपभोक्तामाथि नै अन्याय गरिएको बताएका हुन् ।

    सरकारलाई वन ऐन संशोधन गर्नसमेत उहाँहरूले आग्रह गर्नुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ रुपन्देही अध्यक्ष सुमित्रा आचार्यले वन ऐनको नाममा उपभोक्तामाथि नै अन्याय गरिएको भन्दै वन ऐन संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो ।

    उहाँले वन संरक्षण गर्दै आएका सामुदायिक वन समूहले वन क्षेत्र किनारमा उद्योग स्थापना गर्न नपाएको, उपभोक्ताले ठोस लाभ लिन नपाएको तथा तीनै तहका सरकारले करमाथि कर लिने गरेको गुनासो राख्नुभयो । कार्यक्रममा वन अभियन्ता डिआर घिमिरेले सरकारले सामुदायिक वनबाट उपभोक्ताका लागि सहुलियतभन्दा पनि कर असुल्ने काम मात्रै गरेको गुनासो गर्नुभयो । उहाँले प्रत्येक वर्ष १८ अर्बभन्दा बढीको काठ र फर्निचरजन्य वस्तु आयात हुँदै आएको भन्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले वनको संरक्षण र विकासका लागि गरिने व्यवस्थापनका क्रममा उत्पादन दिने प्रकारका बिरुवा वनमा लगाउन सुझाव दिनुभयो ।

    विपत् अभियन्ता जगन्नाथ शर्मा कुर्मीले वन नभएको स्थानका नागरिकका लागि पनि सामुदायिक वनसँग जोड्नुपर्ने धारणा राख्दै निजीस्तरबाट पनि वन स्थापना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य दिनानाथ आचार्यले वन क्षेत्रलाई फोहोर व्यवस्थापन गर्ने थलो बनाउने काम भइरहेको बताउँदै सामुदायिक वन डम्पिङसाइटमा परिणत हुँदै गएकोमा चिन्ता प्रकट गर्नुभयो ।

    वनमा रोजगारी गर्ने, हरित आम्दानीका कुरा भए पनि वन ऐनमा कानुन व्यवस्थापन हुन नसकेका कारण समस्या देखिएको उहाँको तर्क थियो । उहाँले प्रदेशले बनाएको वन ऐन र सङ्घीय वन ऐन नै बाझिएकाले वन संरक्षण गरेका समूह र उपभोक्तालाई समस्या उत्पन्न गराइरहेको बताउनुभयो ।

    कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले सङ्घीय वन ऐन, २०७६ र प्रदेश वन ऐन २०७८ मा केही कुरा बाझिएको उल्लेख गर्दै वन ऐनमा नीतिगत व्यवस्थाभन्दा पनि व्यावहारिक रूपमा समस्या देखिएको बताउनुभयो । उहाँले वनमा देखिएको समस्या कानुनी प्रक्रिया, नीतिगत र व्यावहारिक रूपले समाधान गर्न जरुरी भएको बताउनुभयो ।

     

    गोरखापत्र/ साभार

    Post Views: 629
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार १०:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.