• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यु-१९ विश्वकप: क्रिकेट भारत सेमिफाइनलमा, नेपाल १३२ रनले पराजित

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १९, शुक्रबार २२:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ १९ गते / दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आफ्नो दोस्रो खेलमा शुक्रबार नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग एक सय ३२ रनले पराजित भएको हो । त्यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

    शुक्रबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रनमात्र बनाउन सक्यो ।

    नेपाली टोलीका पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर दीपक बोहरा र अर्जुन कुमालले ४८ रनको साझेदारी गरे । दीपक २२ रन बनाउँदै आउट भए । अर्जुनले पेभेलियन फर्किनुअघि २६ रन बनाएका थिए ।

    चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल ३३ रन बनाउँदै आउट भए । उत्तम रंगु थापामगर आठ रनमा पेभेलियन फर्किए । विशालबिक्रम केसी एक रन बनाउँदै आउट भए । दीपक डुम्रेले खातासम्म खोल्न सकेनन् ।

    गुल्सन झा पनि एक रनमै आउट भए । दिपेश कँडेलले पनि खाता खोल्न सकेनन् । सुवाष भण्डारी पाँच रनमा पेभेलियन फर्किए । आकाश चन्दले अविजित १८ रन बनाए । दुर्गेस गुप्ताले अविजित २९ रन जोडे ।

    नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो । भारतीय टोलीका बलर सौमी पाण्डेले चार विकेट लिएका थिए । आर्शिन कुलकर्णीले पनि दुई विकेट हात पारे । राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले एक–एक विकेट लिए ।

    त्यसअघि चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको थियो । पाँचौँ नम्बरका ब्याट्सम्यान सचिन दासले एक सय १६ रन बनाएका थिए । उनले केवल एक सय एक बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काए ।

    सचिनको विकेट गुल्सन झाले लिएका हुन् । ४७.४ ओभरमा गुल्सनले सचिनलाई दिपक बोहराद्वारा क्याच गराएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको खातामा एक सय रन थपे ।

    उदयले एक सय सात बलको सामना गरी नौ चौका पनि हिर्काए । उनी पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किएका हुन् । उदयको विकेट पनि गुल्सनले नै लिएका हुन् । उनलाई ४९.४ ओभरमा गुल्सनले सुवाष भण्डारीद्वारा क्याच गराएका थिए ।

    भारतले केवल ६२ रनको कुल स्कोरमा आफ्ना तीन ब्याट्सम्यान गुमाएको थियो । त्यसपछि सचिन र उदयले भारतीय टोलीको स्कोरलाई दुई सय ७७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । मुसिर खान नौ रनमा अविजित रहे । भारतले अतिरिक्त रुपमा पनि १४ रन पायो । नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए ।

    भारतको पहिलो विकेट नेपाली बलर गुल्सनले लिएका थिए । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।

    भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

    भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो ।

    ‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो तथा अन्तिम खेल हो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट यसअघि नै बाहिरिइसकेको छ । नेपाललाई हराएसँगै भारत भने जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    उक्त समूहबाट अब पाकिस्तान र बंगलादेशमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । ‘सुपर सिक्स’ चरणको अर्को समूहबाट भने दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

    Post Views: 231
    प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार २२:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.