• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तरकारी बेचेर पढाइ खर्च जुटाउँदै

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १९, शुक्रबार २०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,माघ १९ /नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ । तरकारी ठेलामा मिलाइ सकेपछि उहाँ घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री गर्न नेपालगन्जको व्यस्त सडक सुर्खेत रोडमा पुग्नुहुन्छ । उहाँको घरबाट तरकारी विक्री गर्ने स्थान सुर्खेत रोडको ग्यालेक्सी होटलनजिक सडक किनारमा पुग्न झण्डै १ घण्टा समय लाग्छ । उहाँ घरबाट निस्केपछि तरकारी विक्री गर्दै उक्त स्थानमा ३ बजेको आसपास आइपुग्नुहुन्छ ।

    पचलझर्ना गाउँपालिका –३ खार्दु कालिकोट स्थायी ठेगाना भएका निडरले नेपालगन्जको सडकमा तरकारी विक्री गर्न लागेको ८–९ महिना पुगेको छ । ‘विहान उठेर ६ बजे स्कूल जान्छु स्कूल ११ बजे सकिन्छ, अनि घर आएर खाना खाएर रानी तलाउस्थित तरकारी बजार जान्छु’ उहाँले भन्नुभयो, ‘तरकारी खरिद गरी घरमा ल्याएर ठेलामा मिलाउँदा लगभग २ बज्छ, अनि ठेला लिएर बजार निस्कन्छु ।’ २०६३ सालमा कालिकोटमा जन्मिनु भएका उहाँले २ कक्षासम्मको अध्ययन कालिकोटमै गरेको र त्यसपछि बुवाआमाको साथमा नेपालगन्ज आइ धम्बोझी माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भइ हालसम्म सोही स्कुलमा अध्ययन गरिरहेको बताउनुभयो ।

    उहाँ अहिले नेपालगन्ज धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । घरको जेठो सन्तानका रुपमा जन्मिनुभएका निडरको दुई बहिनी र एक भाइ छन् । भाइ–बहिनी साना छन् । बुवा केही काम गर्न सक्नु हुन्न । आमा कालिकोटकै एक सरकारी स्कुलमा शिक्षिका रहेको उहाँले बताउनुभयो । ‘हाम्रो पाँच जनाको परिवार छ, बुवा केही गर्न सक्नु हुन्न, भाइ–बहिनी सानै छन्, आमाले कालिकोटमा पढाउनुहुन्छ । आमाको कमाइले मात्र हाम्रो पढाइ खर्च र घर खर्च धान्न गाह्रो भयो’ निडरले भन्नुभयो, ‘मैले एसइई पास गरिसकेपछि विहान स्कुल जाने र दिउँसोमा तरकारी बेच्न सुरु गरें ।’

    तरकारी व्यवसायबाट राम्रै कमाइ भइरहेको निडरको भनाइ छ । तरकारी विक्रीको कमाइबाट भाइ बहिनीका साथै आफ्नो पढाइ खर्च र घरखर्च धान्न सहज भएको उहाँले बताउनुभयो । निडरका अनुसार केही समय पहिलासम्म नेपालगन्जको खजुरारोडमा बुवाले भाडामा सटर लिएर चिया पसल चलाउनुहुन्थ्यो । निडर सोही चियापसलमा काम गर्नुहुन्थ्यो । तर पसल चल्न छाडेपछि उहाँको बुवाले चिया पसल बन्द गर्नुभयो । आम्दानीको स्रोत बन्द भयो । अनि उहाँले तरकारी बेच्न सुरु गर्नुभयो ।

    १७ बर्षको उमेरमा तरकारी ठेलामा राखेर सहर बजारमा बिक्री गर्दै हिँड्दा आफूलाई कुनै लाज सरम र घिनता नहुने उहाँले बताउनुभयो । ‘काम गरेर खान केही लाज मान्नु पर्दैन । चोर्न, ढाँट्न अनि मागेर खान पो लाज लाग्छ त १ काम गरेर खान के को लाज ?’ निडरले भन्नुभयो, ‘मसँगै पढ्ने साथीहरु तथा पढाउने शिक्षकहरु दैनिक मसँग तरकारी किन्न आउनुहुन्छ । उहाँहरुले मलाई प्रोत्साहन दिनुहुन्छ । मलाई काम गरेर खान झनै हौसला मिल्छ ।’

    निडरलाई अंग्रेजी बिषय पढाउने शिक्षक हेमन्तराज काफ्लेले निडर अति नै सरल, निडर, इमान्दार, मिहिनती, अनुशासित र लगनशील विद्यार्थी भएको बताउनुभयो । निडर पढाइमा पनि उत्कृष्ट रहेको काफ्लेको भनाइ छ । ‘कक्षा ११ मा ८२ जना विद्यार्थी छन्, तीमध्ये निडर अग्रपङ्तिमा छन्, पढाइमा पनि उत्कृष्ट छन्, मिहिनेत, अनुशासन र लगनशीलता उहाँको विषेशता हो ।’ शिक्षक काफ्लेले भन्नुभयो, ‘निडरको स्वाभिमान, लगनशीलता र काम देखेर म आफै छक्क पर्छु ।’

    नेपालगन्जमा तरकारी विक्री गर्ने धेरैजसो तराईमूलका बासीन्दा हुनुहुन्छ । त्यसमा पनि भारतबाट यहाँ आएर तरकारी बेच्नेहरु उल्लेख्य छन् । नेपालगन्जमा पहाडीमूलका केही व्यक्तिहरु फाट्टफुट्ट रुपमा तरकारी व्यापार गर्ने भए पनि १७ बर्षको उमेरमा ठेलामा तरकारी विक्री गर्दै हिँडेर आफ्नो पढाइ खर्च जुटाउनु हुने निडरबाट साँच्चिकै गतिलो पाठ सिक्न सकिन्छ । साभार गोरखापत्र

    Post Views: 206
    प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार २०:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.