• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यू-१९ विश्वकपमा बंगलादेशसित नेपालको तेस्रो भेट

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १६, मंगलवार २१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ १६/दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेश बीचको खेल दक्षिण अफ्रिकामा नेपाली समय अनुसार बुधबार दिउँसो पौने २ बजे सुरु हुनेछ । पछिल्लो खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ । उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जीत हासिल गर्दै सेमिफाइलनमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

    यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो । नेपालले सन् २००२ मा भएको यू-१९ विश्वकप प्लेट च्याम्पियनशिपमा सेमिफाइलनमा बंगलादेशलाई २३ रनले पराजित गर्दै फाइलनको यात्रा तय गरेको थियो । उक्त च्याम्पियनशिपमा नेपाल फाइनलमा जिम्बावेसँग १३७ रनले पराजित भएको थियो ।

    नेपाल र बंगलादेशको दोस्रो भेट सन् २०१६ मा भएको यू-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता भने नेपाल र बंगलादेशको भेट भएको छैन । सेमिफाइनलमा पुग्ने झिनो आशा राखेको नेपाल अंकविहीन रहँदै पाँचौं र २ अंकसहित बंगलादेश चौथो स्थानमा छ । भारत र पाकिस्तान समान ४-४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । २ अंकसहित न्यूजिल्यान्ड तेस्रो र अंकविहीन आयरल्यान्ड अंकतालिकाको पुछारमा छ ।

    सुपर सिक्समा प्रत्येक टीमले २-२ खेल खेल्न पाउनेछ । नेपालले सुपर सिक्समा बंगलादेश र भारतको सामना गर्दैछ । उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । नेपाललाई दुवै खेल जिते पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछैन । अन्य टीमको नतिजामा निर्भर हुनेछ । साभार नेपालप्रेस

    Post Views: 226
    प्रकाशित मिति: २०८० माघ १६, मंगलवार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.