बर्दिया,माघ १५(माउण्टेनसमाचार)/ लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–६ शान्ति टोल स्थितबाट दुई जनालाई लागु औषधसहित प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ शान्ति टोलका ३७ वर्षिय मेहडी हसन अन्सारी र मधुवन नगरपालिका–८ का २९ वर्षिय प्रकाश सुनार रहेका छन् ।
विशेष सुचनाको आधारमा प्रहरीले लागु औषध सेवन गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लएको छ । उनीहरुको ३ सय ९० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको छ ।
दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय ढोढरी मार्फत लागु औषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




