बर्दिया,माघ १५(माउण्टेनसमाचार)/ बेवारिसे अवस्थामा प्रहरीले काठ बरामद गरेको छ । मधुवन नगरपालिका–३ धनौरा स्थित तोरी बारीमा अबैध रुपमा राखिएको काठ प्रहरीले सोमबार बरामद गरेको हो ।

अबैध काठ राखिएको सुचनाको आधारमा प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले काठ बरामद गरेको हो । मकैको ढोडले छोपी राखेको २० दशमलव ६५ क्यूफिट सिसौ जातको चिरान तथा गोलिया काठ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद काठ खाता सव डिभिजन वन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




